२४ साउन, हेटौंडा । सरकारले सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको सरकार सञ्चालन सम्बन्धि न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरेको छ ।
सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता छानबीन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि स्वास्थ्य सामग्रीमा भएको भनिएको अनियमितताको छानबिन गरेर दोषी देखिएमा कारबाही गर्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा कोरोना रोकथाम र प्रभावित क्षेत्रमा राहत दिने विषयलाई प्राथमिकता दिइएको छ । कार्यक्रममा असोजसम्म एक तिहाइलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप दिने, अग्रपंतिमा खटिने राष्ट्रसेवकको व्यक्तिगत सुरक्षा र घोषणा गरिएको प्रोत्साहन भत्ता दिने, कोरोना रोकथाम र नियन्त्रणका लागि अक्सिजन र अरू सामग्रीको जोहो गर्ने उल्लेख छ ।
नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, शान्ति प्रक्रिया टुंग्गोमा पु¥याउनेदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
यस्तै संघीयतालाई बलियो बनाउन प्रदेश र पालिकाको काम प्रभावकारी बनाउने, तीन तहका सरकारका अधिकारलाई कार्यान्वयन गर्ने, तल्ला तहमा अधिकार हस्तान्तरण गर्दै जाने र सङ्घीय सरकारले तल्ला सरकारलाई दिने अनुदान रकम बढाउने पनि उल्लेख छ ।
यस्तै बाढी पहिरो प्रभावित क्षेत्रमा तत्कालै राहत र पुनर्निर्माणको काम सुरु गरिहाल्ने सरकारको दाबी छ । साझा कार्यक्रममा नागरिकतालगायतका विचाराधीन विधेयक अघि बढाउने, उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, भष्ट्राचारीलाई कारबाही र सुशासनमा जोड दिइएको छ ।
सबै प्रदेशबाट ड्राइभिङ लाइसेन्स वितरण गर्ने, अलपत्र परेका विकास निर्माणका आयोजनाको काम तीव्र गतिमा अघि बढाउने, व्यापार घाटा कम गर्ने, कृषिको आधुनिकीकरण गर्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।
यस्तै भूमिहीनलाई जमिन दिने, गरिबलाई सरकारले हेर्ने, वैज्ञानिक भू–उपयोग नीति बनाउने लगायतका विषय पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कूटनीतिक तवरबाट हल गर्ने विषय कार्यक्रममा समेटिएको छ । राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित हुनेगरी आवश्यक परिमार्जन गरिने पनि जनाइएको छ ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












