Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश युवा परिषदले युवा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने

20210805_151121-1628434934.jpg

२४ साउन, हेटौंडा । बागमती प्रदेशको प्रदेश युवा परिषद बागमती प्रदेशले अन्तराष्ट्रिय युवा दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ ।
आइतबार हेटौंडा-४ मा रहेको प्रदेश युवा परिषदको कार्यालयमा पत्रकार सम्मेलनको गरि परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रमको पहिलो दिन साउन २८ गते प्रदेश युवा परिषदको कार्यालयको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थितिमा हुनेछ । त्यही दिन १३ वटै जिल्लामा जिल्ला युवा परिषदको कार्यालयको समेत औपचारिक उद्घाटन हुनेछ ।
साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम, साउन ३० गते जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा ५ किलोमिटर खुल्ला दौड, साउन ३१ गते बाललकल्याण समाजको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाउन ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको चौलागाईंले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यसैगरी भदौ १ गते शिक्षाको लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया र हेटौंडा लेडी जेसिजको समन्वयमा ‘खाद्य प्रणालीमा रुपान्तरण: मानव र भुमण्डलीय स्वास्थ्यको लागि युवा नवप्रर्वतन’ विषयमा वक्तृत्वकला कार्यक्रम हुनेछ ।
भदौ २ गते स्वास्थ्य सावधानी अपनाएर सप्ताहव्यापी कार्यक्रम समापन गरिने चौलागाईंले बताए । दिवसको तयारीका लागि परिषदले केहीदिन अघिदेखि नै विभिन्न सरोकारवालाहरूसंग कार्यक्रमबारे छलफल गरेको थियो ।
संयुक्त राष्ट्रसंघले अगष्ट १२ लाई प्रत्येक वर्ष युवा दिवसको रुपमा मनाउन थालेपछि नेपालले सन् २००४ बाट मनाउन थालेको हो । साउन २८ गते मनाइने दिवसको यसबर्षको नारा 'खाद्य प्रणालीमा रूपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन' रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार