Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरद्वारा बधाई तथा धन्यवाद ज्ञापन

nepali-congress-makawanpu-1629528999.jpg

५ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । 
कांग्रेस मकवानपुरको नियमित बैठकले सभापति देउवालाई सरकारको नेतृत्वमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
सभापति देउवा प्रधानमन्त्री नियुक्त भएसंगै प्रतिगमन र स्वेच्छाचारिताको अन्त्य एवम् लोकतन्त्र र संविधानको रक्षा भएको बैठकले निष्कर्ष निकालेको पनि प्रबक्ता कोइरालाला बताए ।
यस्तै कांग्रेस मकवानपुरले आफ्नो साढे ५ बर्षको कार्यकालमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
जिल्लामा पार्टीको सकारात्मक गतिविधिमा साथ दिने नेता तथा कार्यकर्ता, विभिन्न भातृ तथा सुवेच्छुक संगठन, पार्टीका सकारात्मक कामको प्रचार गर्ने र केही कमजोरी हुन पुगेमा समाचारमार्फत् रचनात्मक आलोचना गर्दै बेलैमा सच्याँउन मद्धत गर्ने पत्रकार जगत, नागरिक समाज, प्रशासन तथा सुरक्षा निकाय र आम जनताप्रति कांग्रेसले आभार प्रकट गर्ने निर्णय गरेको प्रवक्ता कोइरालाले बताए ।
कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आसन्न अधिवेशनबाट सबै तहमा सक्षम र सबल नेतृत्व चयन हुनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस मकवानपुरका सभापति बानियाँले पार्टीका संस्थापक र हालसम्मका सभापतिहरु एवम् पदाधिकारीहरुका कारण आफुहरु यहाँसम्म आइपुगेको बताए ।
पार्टी स्थापना, संगठन विस्तार र पार्टीका एजेण्डा कार्यान्वयन गर्न अग्रजको योगदान रहेको बताउँदै आगामी दिनमा पनि जनताको हितका लागि काग्रेस सदैव लागिपर्ने  उनको भनाइ थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार