Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर गढीमा विभिन्न पार्टी परित्याग गरी १९७ जना कांग्रेसमा प्रवेश

74b84992c90b8405141cdb2fa-1629553574.jpg

५ भदौं, हेटौंडा । विभिन्न पार्टी परित्याग गरी मकवानपुर गढी गाउँपालिका ३ र ४ स्थित विभिन्न टोलका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुर गढी ३ र ४ वडाको संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले, माओवादी र राप्रपाका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस गढी गाउँपालिका ३ र ४ का सभापति क्रमशः विजय लामा र कृष्णबहादुर खड्काको संयुक्त सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीको सदस्यता दिई खाँदा लगाएर स्वागत गरिएको थियो ।
प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले दुईतिहाईको नजिक रहेको कम्युनिष्ट सरकार केपी ओलीको दम्भी र सत्ता लिप्साका कारण ५ वर्ष प्रतिपक्षमा बस्न जनताले दिएको म्याण्डेड विपरित बाध्यात्मक परिस्थितिले गर्दा कांग्रेसले सत्ता चलाउन पुगेको बताउँदै जनताको भोटलाई अवमूल्यन गर्दै कम्युनिष्टका केही नेताहरु संविधान मिचाई, भ्रष्टचार र कुर्सीमोहमा लागेकाले सत्ताबाट बर्हिगमन हुनुपरेको बताए ।
नेता बानियाँले गणतन्त्र र संविधानको रक्षार्थ सरकारमा पुगेको कांग्रेसको मूख्य उद्देश्य भनेको अहिले कोरोना महामारीबाट हरेक जनतालाई बचाउन खोपको व्यवस्था गर्न लागिपरेको भन्दै नेता बानियाँले मंसिरसम्ममा नेपालका सम्पूर्ण जनताले खोप लगाईसक्ने जानकारी दिए ।

पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु राजिव सुवेदी, अर्जुन दाहाल, सुर्यबहादुर रुम्बा, दोर्जे लामा स्याङतान, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, गढी गाउँपालिका सभापति राजविर मुक्तान, उपाध्यक्षकी उम्मेदवार मन्दिरा केसी, नेता देवराज लामिछाने, नवप्रवेशीहरु रामप्रसाद घिमिरे, सर्कलाल लोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

8e66f8fd8ac4a7ea1d4704dee-1629553607.jpg
ab650f94f949ed36f09d28a80-1629553608.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार