Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विचार

सत्ता: पाउदाको उन्माद र गुमाउँदाको पिडा

Screenshot_20210826-12444-1629961441.jpg

बिनोदचन्द्र कोइराला

"राजनीति कुनै एउटा खेल होइन,यो त एउटा समर्पित कार्य हो "-विन्सटन चर्चिल।

"राजनीति एक्सनको पर्यायवाची हो, एक्टिङ होइन ।"-म्याकिया भेलि।

राजनीति वारे लेख्दा या हाम्रा सत्तासिनहरु वारे केही लेख्नु पर्दा पंक्तिकारलाइ आफ्नो समयका प्रसिद्ध राजनितिज्ञ बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र प्रशिद्ध इटालेली राजनीतिशास्त्री म्याकियाभेलीको उपरोक्त भनाइहरु याद आइहाल्छ ।निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलिको बिरोधिहरुलाई पाखा लगाइ दिर्घकालसम्म सत्तासिन रहने शुरुवात देखिकै रणनीति माधब नेपालहरुले स्मेत धेरै पछिसम्म बुझ्न सकेनन् । सर्बप्रथमतः सत्तारोहण हुने बित्तिकै सु-शासन कायम गर्न बनाइएका बिभिन्न संबैधानिक एवं स्वतन्त्र निकायलाई आफु अन्तर्गत ल्याउने, राष्ट्रपती आफ्नो अनुकुल बनाउने, शक्तिशाली संस्थाहरुमा आफ्ना खासहरुलाइ नियुक्ति दिने आदिजस्ता ओलिजि बाट भएका कार्यहरु दिर्घकालसम्म एकलौटी रुपले शासन गर्ने रणनीति अन्तर्गत थियो तर प्रचण्ड लगायत माधबजिहरुले त्यसलाई कांग्रेस तह लगाउने अर्थमा बुझेर थपडी बजाइरहे भने कांग्रेस नेतृत्व भने निजि स्वार्थमा रमायो । फलस्वरुप ओलिजिले जे चाह्यो त्यही हुँदै गयो। सबै शक्ति हात पर्नु र कतैबाट पनि बाधा बिरोध नहुँदा ओलिजि ओलि बा मा परिणत हुँदै भित्ता भित्ता, बिजुलिको पोल पोलमा बस्न पुग्नु भयो ।उनको मनसुवा बिस्तारै खुल्दै गयो परिणाम बिद्रोहका स्वरहरु खुल्न थाले । शक्तिको उन्मादमा रमाएका बा ले "अति दर्पे हता लंका" वा भरिए पछि पोखिन्छ वा धेरै खाए पछि चिनी पनि तितो हुन्छ भन्ने आहान बिर्सनु भयो । संचित शक्ति भन्दा माथी अर्को शक्ति पनि छ भन्ने कुरा बिर्सनु भयो। जस्को परिणाम सत्ता बहिर्गमन हुनु पर्यो र त्यसैको पीडा बाल्कोट बार्दली र संसदको संबोधनमा प्रस्फुटन हुन पुग्यो र भैरहेछ ।

आफ्नो अनुकुल शक्ति संचय गरे पछिको पछिल्लो एक बर्षे कार्यकालमा त उहाँले आफु र राष्ट्रपतिलाइ झन्डै झन्डै संविधान भन्दा माथी नै राखेर काम गर्न थाल्नु भएको थियो । बिपक्षी दललाई त उहाँले रौं बराबर पनि गन्नु भएन नै आफूसंग असहमत हुने आफनै पार्टिका बरिष्ठ नेताहरुलाइ स्मेत असान्दर्भिक बनाउदै जानुभयो ।संचित शक्ति र राष्ट्रपतिको पूरा आड पाएका ओलि बा ले आजको अबस्थामा पुग्नुपर्ला भन्ने कल्पनै गर्नु भएको थिएन । आजीवन निस्कंटक सत्तामा रहने अभिलाषाका साथ बुनेको जालो एकाएक चुडिदाको आक्रोश र पिडा अहिले देखिदैछ । "खबरदार!! मेरो पालामा भएका भ्रष्टाचारको छानबिन गर्न थाल्यौं भने तिमिहरुको पालामा भएका भ्रष्टाचारको पनि छानबिन हुनु पर्छ" भन्ने उनको चेतावनीपूर्ण भनाईले नै पुष्टि गर्छ उनको पालामा कति भ्रष्टाचार भएको रहेछ भनेर ।

पछिल्लो समय त राज्य भनेकै म हुँ अर्थात म नै राज्य हुँ, मैले जे गरे वा गर्छु त्यो नै सत्य हो भन्दै गरिएका विभिन्न असंवैधानिक कार्यले मुलुक त तहस नहस बन्दै गयो नै  बिदेशीको नजरमा पनि मुलुक बदनाम बन्दै गएको थियो । सत्ता र शक्तिको उन्मादमा पदीय हैसियत र जिम्मेवारी बिर्सदै जे गरे पनि र जे बोले पनि हुन्छ भन्ने अबस्थासम्म पुग्नु भयो ओलि बा । पटक पटक यस्तो सम्म पनि भन्न भ्याउनु भयो"-मैले गरेको काम देखेर विश्व नै चकित बनेको छ ।"

राज्यकोषको दुरुपयोग गर्दै आइ लभ यु के पि बा भन्ने झुन्डको निर्माण गरियो भने अर्को तर्फ बिरोधी र बिपक्षिलाई तह लगाउन साइवर सेनाको निर्माण गरियो ।यी सबै कार्यहरु आजिवन सत्तामा बसिरहने भित्री चाहना अन्तर्गत भएका थिए । जे भै रहेछ गलत भै रहेछ!सचिनुस,सच्याउनुस भन्ने नागरिक समाज, बुद्धिजीवी, बिश्लेषक, आम मानिसको मात्र हैन आफ्नै दलका बरिष्ठ नेताहरुको भनाई उहाँको कानमा पुग्न छोडेको थियो भने "अघि बढनुस के पि बा हामी तिम्रो साथ छौ"भन्ने आवाज मात्र उहाँको कानमा गुन्जन थालेको थियो । यो मुलुकमा आफू एकमात्र योग्य शासक भएको र आफू बाहेक यो मुलुक अरुले चलाउन सक्तैन भन्ने अहंकार बाट ग्रसित भै स्वर्णिम सपनामा रमाइरहेको  ब्यक्ती अप्रत्याशित (उहाँको लागि) रुपमा सडक मा पछारिनु पर्दाको पीडा सडक बार्दली र सदनमा देखिनुलाई अस्वभाविक (उहाँकै लागि) लाग्ने कुरा पनि भएन । यहाँनेर बिदुर नीतिशास्त्रको एउटा श्लोक उद्धृत गर्न मन लाग्यो ।

"बुद्धौ कलुषभुतायां बिनाशे प्रत्युपस्थिते।।

अनयो नय संकाशो हृदयान्नापसर्पती।।

(अर्थात बिनासकाल आएपछी बुद्धि पनी मलिन हुन पुग्दछ )

त्यसपछि मन्दबुद्धी पुरुषका लागि अनीति पनि नीति नै हो कि जस्तो हुन गएर हृदयवाट बाहिर निस्कदैन)।

आफ्नै कारणले सत्ता बाट बाहिरिनु पर्दा  सत्ता र शक्तिले अत्यन्तै उन्मादित ओलि बा मा बहिर्गमनको पिडा असह्य हुँदै गएको देखिदै छ । प्रजातान्त्रिक ब्यवस्थामा सत्ता प्राप्ती र बहिर्गमनलाई स्वभाबिक रुपमा लिन सकेको भए सायद यस्तो स्थिति आउदैनथ्यो र यतिआलोच्य हुनु पर्दैन थियो पनि ।

जसरी ओलि बा सत्ताबाट बाहिरिनु भयो त्यसैगरी अर्थात अप्रत्याशित रुपमा सत्ताको नेतृत्व अहिले कांग्रेसका मुखिया शेर बहादुर देउबाको हात परेको छ। सरकार संचालन र पार्टी संचालनमा स्मेत बिल्कुलै असफल रहेका शेर बहादुर दाइ ओलि बा को सम्पूर्ण कार्यकाल भरी (पछिल्लो संसद बिघटन अघिसम्म) प्रतिपक्षीको भुमिकामा न भएर सहयोगी कै भुमिकामा रहनु भयो।कतिपय राजनितिक बिश्लेषकहरुले त केपि बा को सत्ता उन्माद प्रतिपक्षको सहयोगी भूमिकाको कारण ले पनि हो भन्ने गर्दछन् । पार्टी संचालनमा झन्डै झन्डै के पि बा कै पद चिन्ह पछ्याउँदै आउनु भएका शेर बहादुर देउपा दाइको अहिलेको सत्तारोहणको पहिलो सत्रमै अकर्मन्यता र सत्ता उन्माद देखिएको विश्लेषण हुन थाली सकेको छ। आफ्नै नेतृत्वमा भएका तिनै तहका निर्वाचनमा भएको लज्जास्पद परिणाम र ४ बर्षमा गर्नु पर्ने पार्टिको महाधिबेसन ६ बर्ष सम्म पनि गर्न नसकी जग हसाइ गराइरहेका दाइको यो कार्यकाल पनि अध्यारो नै हुने संकेत देखिदै छ। संबिधान बचाउने सर्तमा प्राप्त अकल्पनीय बिश्वासलाई अब्सरको रुपमा लिइ काम गर्न सके अझै पनि आफ्नो र देशको छवि सुधार्ने अवसर बाँकी नै छ। तर त्यो संभावना क्षिण देखिदै छ । राजनीति कुनै खेल होइन यो त इमान्दार प्रयास हो भन्ने चर्चिलको भनाइ र राजनीति एक्टिङ होइन एक्सन हो भन्ने म्याकियाभेलिको भनाइलाई मनन गरि काम गर्न सकेमात्र पनि  उपलब्धी हात पर्न सक्छ, हैन राजनितीलाई सत्ता र शक्ति हात पार्ने एउटा खेल मात्र संझने र राजनितिलाइ नाटक संझी त्यसमा अभिनय मात्र गर्ने हो भने आफू र आफ्नो पार्टी त डुब्छ नै देश पनि डुब्नेछ। उपरोक्त कुराको हेक्का राखी काम गर्न नसकेमा शेरबहादुर दाईले पनि  केपि बा कै परिणाम भोग्नु पर्ने छ । सत्ता र शक्ति माथी अदृशष्य अर्को पनि शक्ति छ भन्ने कुरा कसैले पनि नविर्सिए हुन्छ।

अन्तमा, बिदुरको नीतिशास्त्रबाट नै सत्तामा बस्नेहरुका लागि नीति वचन प्रस्तुत गर्दै यो आलेखलाइ यहि अन्त गर्दछु।

"न राज्यं प्राप्तमित्येव वर्तितव्यमसाम्प्रतम।।

शृयं ह्यविनयो हन्ती जरा रुपमिवोत्तमम।।

अर्थात "अब त राज्य (शासन) पाइहाले"भन्ने संझिएर अनुचित काम गर्नु हुँदैन । बुढ्याइले सौन्दर्यलाई नास गरे झै उदण्डताले सम्पत्ति, शासनको नास गरिदिन्छ । चेतना भया ।जय नेपाल!

(लेखक बीपि बिचार समाज मकवानपुरका अध्यक्ष हुन् )


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार