१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीनाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आफ्नै दम्भ र घमण्डले कम्युनिष्ट सरकार ढलेको दावी गरेकी छन् ।
मकवापनुरको ईन्द्रसरोवर गाउँपालिका–३ नम्बर वडामा भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकार ढल्नु र पार्टी फुट्नुमा मुख्यकारण केपी शर्मा ओली नै भएको ठोकुवा गरिन् । नेतृ डिनाले एमाले फुटाउने काममा नेपाली कांंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हात रहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपप्रति टिप्पणी गर्दै अर्काले फुटाउँदैमा फुट्ने एमाले कस्तो कम्युनिष्ट पार्टी हो ? भन्दै प्रश्न गरिन ।
उनले अरु कसैलाई आरोप लगाउँनुभन्दा पहिला आफुले विगतमा गरेका गल्ति भन्ने सम्झन र स्व–मुल्यांकन गर्न आग्रह पनि गरिन् । दुई तिहाईको सरकार, ६ वटा प्रदेशमा एकल सरकार रहेको कम्युनिष्ट पार्टी आजको दिनसम्म आइपुग्दा केपी ओलीको घमण्ड बार्दलीसम्म र कम्युनिष्ट पार्टी टुक्रा टुक्रा भएको स्मरण गराउँदै नेतृ डीनाले कम्युनिष्टहरुको झुट र भ्रमको खेतीबाट नेपाली जनता आजित भैसकेको प्रष्ट पारिन् ।
उनले अबको चुनावबाट नेकपा एमालेको हार निश्चित भएको दावी गर्दै नेपाली कांग्रेसमात्रै जनताको दुःख सुखको साथी हो भन्ने नेपाली जनताले बुझीसकेको बताईन । नेतृ डीनाले ईन्द्रसरोवर गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्दै कुलेखानी कंलकी मार्खुको बाटोको दुरावस्था रहेकोले यसको विकासका लागि पहल गर्ने आश्वासन समेत दिईन् ।
वडा सभापति राजाराम बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, नेपाली कांग्रेसका महासमिति सदस्य जयराम लामिछाने, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, जिल्ला सदस्य जमानसिंह लामालगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाको अवसर पारेर नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा परित्याग गरी करिब २५ जना स्थानीय नेपाली कांग्रेसमा प्रवेश गरेको हेटौंडा नगरसभापति आनन्द पराजुलीले जानकारी दिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












