१७ भदौ, हेटौंडा । मकवानपुरमा नेपाली कांग्रेसको क्रियाशिल हस्तान्तरण गरेसंगै पार्टी कार्यालयमा सार्वजनिक गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट खटाइएका जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले बिहीबार मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरेसंगै मकवानपुरका क्रियाशील सदस्यहरूको नामावली जिल्ला पार्टी कार्यालयमा सार्वजनिक गरि टाँस गरिएको छ ।
सार्वजनिक नामावलीमा कुनै त्रुटी भए भदौ १९ गते दिउँसो २ बजेसम्म वडा सभापतिसंगको समन्वयमा जानकारी दिनुहुन जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।
यसैगरी बिहीबार नै निर्वाचन निर्देशिकाबारे समेत छलफल भएको छ । निर्वाचनमा खटिने नेपाल शिक्षक संघ, प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए), प्रध्यापक संघका प्रतिनिधि, जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति लगायतसंग छलफल गरिएको हो । छलफलमा जिल्ला निर्वाचन अधिकृत सुवेदी, जिल्ला सभापति इन्द्रबहादुर बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकारहरू उमा दाहाल, प्रभात दाहाल, भरत पराजुली, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल बिक, सहसचिव रामबाबु बानियाँ लगायतका सहभागिता रहेको थियो ।
मकवानपुरमा ५ हजार २ सय ३७ नयाँ र ४ हजार ३ सय ५ पुरानो गरि ९ हजार ५ सय ४४ जना क्रियाशील सदस्य रहेका छन् । मकवानपुरमा भदौ २० गते हुने निर्वाचनबाट जिल्लाको १०२ वडामा वडा कार्यसमिति र १७ सय २ बुथ प्रतिनिधि छनौट हुनेछ ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












