१८ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशनका लागि खटिने १०२ वडा निर्वाचन अधिकृतका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भदौ २० गते हुन लागेको वडा अधिवेशनका लागि खटिने १०२ निर्वाचन अधिकृतका लागि शुक्रबार एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य उपाध्यायले पार्टीको निर्वाचनलाई सहज ढंगबाट सम्पन्न गर्न निर्वाचन अधिकृतहरूको भूमिका खेल्न आग्रह गरेकी थिइन् । कार्यक्रममा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन अहिलेको निर्वाचनले महत्त्वपूर्ण भूमिका रहने बताउँदै यसका लागि निर्वाचन अधिकृतहरूले तत्पर रहन आग्रह गरे । उनले सकभर सहमति र नभए प्रक्रियामार्फत निर्वाचन सम्पन्न गर्न उनको निर्देशन थियो ।
कार्यक्रममा जिल्ला सहायक निर्वाचन अधिकृत र वडा निर्वाचन अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने निर्वाचन सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, क्षेत्रीय सचिव सुवातसिं थिङ, शिक्षक संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपकलाल श्रेष्ठ, जिल्ला अध्यक्ष रामकुमार अधिकारी, प्राध्यापक संघका अध्यक्ष राजबाबु पहाडी, डिएलए मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












