Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १० मन्त्री नियुक्त (नाम सहित)

Screenshot_20210908-15045-1631092861.jpg

२३ भदौं, हेटौंडा । नेकपा एमाले १३ सांसदले नेकपा एस रोजेपछि अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेकी  छिन । मुख्यमन्त्री शाक्यले बुधबार सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गर्दै ६ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन।

मुख्यमन्त्री शाक्यले यस अघि आन्तरिक मामिला तथा कानून मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधार मन्त्री,रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदीलाई सामाजिक विकास मन्त्री,शान्ति प्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री,प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्री डाक्टर अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, चन्द्र लामालाई भुमी व्यवस्था, कृषि सहकारी मन्त्री त्यसैगरी जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग, पर्यटन वन तथा पर्यटन राज्यमन्त्री र बद्री मैनालीलाई भुमी व्यवस्था, कृषि सहकारी राज्यमन्त्री नियुक्त गरेकी हुन । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । 

बागमती प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादव प्रसाद शर्माको उपस्थितिमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । १० सदस्यीय मन्त्रिमण्डल विस्तार सँगै अल्पमतमा परेकी शाक्य नेतृत्व सरकारको मन्त्री संख्या १२ जना पुगेको छ । एमाले विभाजनपछि माधव कुमार नेपाल निकटी मानिएकी शाक्य भदौं २ गते  एमाले रोजेर नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री भएपनि बागमती प्रदेशसभाका एमालेबाट निर्वाचित १३ जना सांसदले नेकपा एस रोजेपछि अल्पमतमा परेकी छिन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार