Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्रीहरुको सपथमा पत्रकारलाई प्रवेशमा रोक, पत्रकारले गरे विरोध

241627788_652562221078918-1631104590.jpg

२३  भदौ, हेटौंडा । बागमती प्रदेश प्रमुखको कार्यलय अगाडी हेटौंडाका पत्रकारहरुले विरोध प्रर्दशन गरेका छन् । 
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रमको समाचार संकलनका लागी पुगेका पत्रकाहरुलाई प्रवेश गर्न नदिएपछि उनीहरुले विरोध गरेका हुन् । 
मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुख यादव शर्माले सपथ खुवाउने कार्यक्रम रहेको थियो । 
समाचार संकलनका लागी पुगेका पत्रकारहरुलाई प्रदेश प्रमुखको कार्यालयमा प्रवेश गर्न नदिएपछि उनीहरुले त्यसको विरोधमा कलम, डायरी, क्यामेरा, भ्वाइस रेकर्डरलगायतका सञ्चार सामग्री प्रशासन परिसरमा राखेर विरोध प्रदर्शन गरेका थिए ।
पत्रकारहरुको विरोध पछि अन्तिम समयमा पत्रकारहरुलाई सपथ कार्यक्रममा प्रवेश दिइएको थियो तर सपथ कार्यक्रम अन्तिमचरणमा पुगिसकेको थियो । 
सपथ ग्रहण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गरेको भन्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सैह्य नहुने भन्दै असन्तुष्टि व्यक्त गरे ।

फोटोः पत्रकार महासंघका मकवानपुर अध्यक्ष मणीराज गौतमको फेसबुक पेजबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार