भीमसेन पौडेल
२ असोज,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रक्षादेवी मन्दिर व्यवस्थापन समितिको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न प्रथम साधारणसभाले अध्यक्षमा पुनः रमेशकुमार बानियाँ चयन गरेको छ।
आज मन्दिरमा भएको प्रथम बार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिकोे उपाध्यक्षमा लक्ष्मीचरण श्रेष्ठ,सचिवमा राजकुमार फुयाँल,सहसचिवमा विजयकुमार हुमागाई र कोषाध्यक्षमा केशव धिताल चयन भएका हुन ।त्यसैगरी सदस्यहरुमा केशव प्रसाद कोईराला,राजेश पौडेल, मदन न्यौपाने, रामप्रसाद सापकोटा, सविना गुरुङ, सूर्य बहादुर खड्का, कमला सापकोटा र सरस्वती श्रेष्ठ चयन भएका हुन ।
भेलामा समितिका अध्यक्ष रमेशकृमार बानियाँले संस्थागत प्रतिवेदन,सचिव राजकुमार फुयाँलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा मन्दिरको भौंतिक विकासमा आर्थिक तथा जिन्सी सहयोग गर्ने उत्तमकुमार कुमार श्रेष्ठ,रामप्रसाद सापकोटा, विजयकुमार श्रेष्ठ, राजकुमार बास्तोला, सरोज न्यौपाने,संञ्चारकर्मी भीमसेन पौडेल लगायतकालाई सम्मान गरिएको थियो ।हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी–७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्वा, हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधराम चौलागाँई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, प्रज्वल शिक्षा सदनका प्रिन्सिपल गणेशकुमार श्रेष्ठ,, समाजसेवी कृष्णप्रसाद सञ्जेल, मन्दिर व्यवस्थापन समितिका सल्लाहकार रामहरि चौलागाँई, उपाध्यक्ष उपेन्द्र बहादुर थापा मगर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












