४ आसोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य महालक्ष्मी उपाध्याय डीनाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन र जगेर्ना गर्ने दायीत्व पनि नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताको काधमा आएको बताएकी छन् ।
७ औ संविधान दिवसको अवसरमा सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा आयोजना गरेको संविधान निर्माणमा कृष्णप्रसाद भट्टराईको प्रेरणा विषयक बिचार गोष्ठि कार्यक्रममा बोल्दै नेतृ डीनाले सन्त नेता कृष्णप्रसाद भट्टराईका मार्गमा हिडेमात्रै पनि कांग्रेसले संविधानको रक्षा गर्नसक्ने बताईन ।
उनले सन्त नेता कृण्णप्रसाद भट्टराईको त्याग र बलिदानलाई आत्मसात गर्ने हो भने नेपाली कांग्रेसलाई धुर्विकृत हुनबाट जोगाउन सकिने र एकतावद्ध बनाएर लैजान सहयोग पुूग्ने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णु लामिछाने, प्रमुख सल्लाहाकार माइकल रामचन्द्र अर्याल, सहप्राध्यापक कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुली, स्मृति केन्द्रका उपाध्यक्षद्वय शुभाषचन्द्र अधिकारी र मञ्जु खराललगाएतले सन्त नेता कृष्णप्रसाद भट्टराईको बारेमा चर्चा गरेका थिए ।
स्मृति केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार अशोक शाक्य, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजिव सुवेदी, सुशान्त श्रेष्ठ, इन्दिरा न्यौपाने, अमृता थापा, सुनिल अधिकारी लगाएत नेपाली कांग्रेसका विभिन्न भातृसंगठनका जिल्ला अध्यक्ष, सुभेच्छुक संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
संविधान दिवसको अवसरमा स्मृति केन्द्रको आयोजनामा पार्टी कार्यलयमा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












