५ असोज, हेटौंडा । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बागमती गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदका उम्मेदवार हर्कबहादुर गोलेसहित विभिन्न पार्टी परित्याग गरी २४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस बागमती गाउँपालिकाले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पार्टी सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उनीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षाका लागि कांग्रेसको भूमिका विगतदेखि नै महत्वपूर्ण रहेको बताए । उनले स्थानीय क्षेत्रबाटै कांग्रेसका कार्यकर्ता जागरुक भएर जनचेतना अभिवृद्धिको कार्यक्रम संचालन गर्नुपर्ने पनि बताए । अधिवेशनमा होमिएको कांग्रेसले संगठन विस्तारको अभियानलाईसमेत तीब्रताका साथ अघि बढाएको बताउँदै उनले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले मकवानपुरका सबै स्थानीय तहको नेतृत्व गर्ने जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु अमृता थापा मगर, सुशान्त श्रेष्ठ, इन्दिरा न्यौपाने, भीमसेन महत, भरत पराजुली, महासमिति सदस्यहरु दामोदर सुवेदी, धर्म लामिछाने, उर्मिला पुलामीे, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला नेतृ अञ्जना उपाध्यायलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












