९ असोज, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेसको पहिलो पुस्ताले अब राजनीतिबाट आराम गर्नुपर्ने बेला आएको बताएका छन् ।
कांग्रेस मकवानपुरको क्षेत्र नम्बर २ ‘ख’ क्षेत्रीय समितिको आयोजनामा शुक्रबार हेटौंडामा भएको बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि रहेका उनले पहिलो पुस्तालाई आराम गरिदिन अनुरोध गरेका हुन् ।
कांग्रेसको केन्द्रदेखि वडा तहसम्म काम गर्ने शैली नमिलेको भन्दै उनले अब पार्टीलाई युग अनुसार अघि बढाउनु जरुरी रहेको औंल्याए । महाधिवेशनको सन्दर्भमा नेता छान्दा नै बुद्धि पु¥याउनुपर्ने नेता घिमिरेको सुझाव छ ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले भ्रम र त्रासबाट मुक्त भएर राजनीति गर्नुपर्ने बताए । आफूले मकवानपुरमा कांग्रेसको नेतृत्व गर्दा जनमत र कार्यकर्तामा मनोबल बढाएको दावी गर्दै नीति र नेतृत्व सही हुनु आवश्यक रहेको औंल्याए ।
यस्तै कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले जिल्लामा निषेधको राजनीति सुरु भएको धारणा राखे । कार्यक्रममा माईकलले बागमती प्रदेशको सभापतिमा उमेद्वारी समेत घोषणा गरेका छन् । जिल्लामा निषेधको राजनीति गर्नेहरुसंग विचार र सिद्धान्तको राजनीतिमा प्रतिस्पर्धाको लागि तयार रहेको माइकलको भनाई छ ।
कांग्रेस क्षेत्रीय सभापति तारानाथ चौलागाइँको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति बिष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, प्रवक्ता प्रदीप कोइराला, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य रीता खनाल, नेवि संघका पूर्व सभापति एवम् कांग्रेस जिल्ला सदस्य महेन्द्र राउत, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, नेवि संघ मकवानपुर अध्यक्ष राजु खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












