९ असोज, हेटौंडा । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यसनिमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
दिगो विकासको सातौँ लक्ष्य प्राप्तिमा मिश्रित एवं असमान ढङ्गले प्रगति भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले छरिएका बस्ती, कठिन भौगोलिक भूभाग र न्यून आम्दानी भएका नेपालजस्ता देशमा कोभिड–१९ को महमारीले अतिरिक्त चुनौती थपिएको बताएका छन् ।
अपार जलस्रोत र अन्य नवीकरणीय ऊर्जाको उपयोग गर्दै जलवायु परिवर्तन प्रतिरोधी विकासको पथमा अग्रसर हुने तथा वायु प्रदूषण शून्यमा झार्ने नेपालको प्रतिबद्धता रहेको प्रधानमन्त्री देउवाले बताए । जलवायु परिवर्तनका असरविरुद्ध लड्न, गरिबी घटाउन, लैङ्गिक समानता कायम गर्न, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षालगायत दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जाले उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रधानमन्त्री देउवाको भनाई छ ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












