Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएल टी–२०: बैंगलोरले मुम्बईलाई हरायो 

327788-1632702755.jpg

११ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो ।
बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए । क्विन्टन डी ककले २४ रन बनाए । बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले १६ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए । युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । श्रीकर भारतले ३२ रन जोड्दा एबी डी भिलियर्सले ११ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
यस जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ । मुम्बई ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार