Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

साफ च्याम्पियनसिप शुक्रबारदेखि शुरु हुँदै

SAFF-1633068637.jpg

१५ असोज, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको १३ औँ संस्करण शुक्रबारदेखि माल्दिभ्समा शुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो दिन नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ । कतारमा दुई साताभन्दा लामो प्रशिक्षणपछि नेपाली टोली सोमबार आयोजक राष्ट्र पुगेको थियो ।
माल्दिभ्स साविक विजेता पनि हो। सन् २०१८ मा बंगलादेशमा आयोजित पछिल्लो संस्करणको फाइनलमा माल्दिभ्सले भारतलाई २–१ गोलले हराएको थियो । शुक्रबार हुने उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् ।
हरेक संस्करणमा उपाधि दावेदार मानिने गरेको नेपालले अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपाल फाइनलमा समेत पुग्न सकेको छैन । भारतले सात पटक र माल्दिभ्सले दुई तथा श्रीलंका, अफगानिस्तान, बंगलादेशले एक–एक पटक उपाधि जितेका छन् । नेपाल गत संस्करणसहित हालसम्म ६ पटक सेमिफाइनलसम्म पुगेको छ ।
सागका पछिल्ला दुई संस्करणमा नेपालले फुटबलको स्वर्ण जिते पनि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन। नेपालले अन्तिम पटक अफिसियल सिनियर अन्तर्राष्ट्रिय फुटबल उपाधिका रुपमा सन् २०१६ को सोलिडारिटी कप जितेको थियो।
यसपटकको साफ च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सहभागी हुँदै छन्। पाकिस्तान र भूटान सहभागी छैनन्। अफगानिस्तानले साफबाट अलग भएर अर्कै क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलिरहेको छ । लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले ४ अक्टोबरमा श्रीलंका, १० अक्टोबरमा भारत र १३ अक्टोबरमा बंगलादेशसँग खेल्ने छ। फाइनल १६ अक्टोबरमा हुने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार