२२ असोज, हेटौंडा । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
शुक्रबार थपिएका १७ जना मन्त्री र २ राज्यमन्त्री नियुक्तले शपथ लिएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।
नयाँ मन्त्रीहरु थप्ने क्रममा केही मन्त्री र राज्यमन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत गरिएको छ । कांग्रेसबाट डा. मीनेन्द्र रिजाल रक्षा, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, उमा रेग्मी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र उमाकान्त चौधरीले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
यसअघि कानूनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारिएको छ भने कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह, र नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी यसअघि नै दिइएको थियो ।
यस्तै, माओवादी केन्दको तर्फबाट देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, प्रेमबहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, महेश्वरजंग गहतराजलाई युवा तथा खेलकूद र शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुषाल ऊर्जामन्त्री बनेका थिए ।
यसैगरी जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास र रामसहाय प्रसाद यादव वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीबाट विरोध खतिवडालाई स्वास्थ्य मन्त्रालय, रामकुमारी झाक्रीलाई सहरी विकास र कृष्णकुमार श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गरिएको छ । यस्तै यसअघि कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहनुभएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीकै हैसियतमा लगिएको छ । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी एकीकृत समाजवादीका भवानीप्रसाद खापुङलाई दिइएको छ ।
यस्तै, माओवादी केन्द्रकी बोधकुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाइएको छ । योसँगै २२ मन्त्री र ३ राज्यमन्त्रीसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












