Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले प्रवेश गरेको भन्दै भ्रम फैलाए, कांग्रेसमै छु: नेतृ रुम्बा

Screenshot_20211009-15590-1633774296.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि शान्तिकुमारी रुम्बाले आफूले नेपाली कांग्रेसमै रहेको बताएकी छिन् ।
कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा शनिबार पत्रकार सम्मेलन गर्दै रूम्बाले आफूलाई विकास निर्माणको कार्यक्रम बारे छलफल गर्न भन्दै बोलाएर नेकपा एमाले प्रवेश गरेको भनि भ्रम फैलाउन खोजिएकोप्रति आपत्ति समेत जनाइन् ।
कांग्रेस भीमफेदी गाउँपालिका सदस्य एवं क्षेत्रीय प्रतिनिधिसमेत रहनुभएकी रुम्बाले प्रेस विज्ञप्ती निकाल्दै आफू नेपाली कांग्रेसमा रही निष्ठापूर्वक पार्टीको विभिन्न सांगठानिक गतिविधिहरुमा हिजोदेखि लागिरहेको र निरन्तर लागिरहने बताइन् ।
केहीदिनअघि विकास निर्माणको कार्यक्रमबारे छलफल गर्न भन्दै भीमफेदी ९ झिरघारीमा बोलाईएको भेलामा उपस्थित हुँदा कांग्रेसको प्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्ने समाचारहरु विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा प्रकाशित भएकोबारे खण्डन गर्दै रुम्बाले शनिबार पत्रकार सम्मेलन गरेर आफू कांग्रेसमै रहे प्रष्ट पारिन् ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला सदस्य मिरा स्याङ्तान, हेटौंडा उपमहानगरपालिका सभापति उत्सव ईटेनी, निवर्तमान नगर सभापति आनन्दराम पराजुली, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, उपसभापति सुमित्रा थिङ, सहसचिव मञ्जु भ्लोन, भीमफेदी ५ का वडा सभापति अंकित पुडासैनी, ९ नम्बर वडा सभापति राजकुमार पुडासैनी, गोपी बललगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार