२३ असोज, हेटौंडा । नेपाली लेखक संघ मकवानपुरको अध्यक्षमा छवि अनित्य चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अनित्यको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा दिपज्योति थापा, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा गंगा सापकोटालाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा बबी थापा, सम्प्रस पौडेल, गणेश दर्पण अधिकारी, विनिता महत र अवन्ती बानियाँ रहेका छन् ।
नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकाबीच संघले चितवनका साहित्यकार डा. एकनारायण पौडेललाई योगमाया विद्यापति स्मृति सम्मान प्रदान गरिएको थियो । नगद ५ हजार राशीको उक्त सम्मान पाउने पौडेल चौथो व्यक्ति हुन् ।
लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि लेखकको भूमिका महत्वपूर्णः बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि लेखकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाली लेखक संघ मकवानपुरको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता बानियाँले भ्रम र लोभबाट मुक्त भई लेखकहरुले निष्पक्ष ढंगबाट समाजका विभिन्न विषयमाथि समालोचना गर्नुपर्ने बताए ।
‘कम्युनिष्टहरु बढी भ्रम र लोभको खेती गर्छन्, उनीहरुले बोलेर कुहिएको पीठो पनि बेचिरहेका छन् । प्रजातान्त्रिक विचारधारा बोकेका लेखकहरुले सत्य र न्यायको पक्षमा लेख्नुपर्छ । राम्रोलाई राम्रो र नराम्रोलाई सच्याउनको लागि सचेत गराउनुपर्दछ ।’ बानियाँले भने ।
उनले विचार र सिद्धान्त भएर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा परिवर्तन गरेमा मात्र चाहेको सफलता हासिल गर्न सकिने बताए । प्रजातान्त्रिक समाजवादको पक्षमा लेखकहरुले निरन्तर कलम चलाइरहनको लागि बानियाँले सुझाव दिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












