Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शाक्य नेतृत्वको सरकारको आयु लम्बियो, निर्णय कार्तिक ४ मा हुने

AstaLaxmi-1633872383.jpg

२४ असोज, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेश गरेकी छिन् । 
बागमती प्रदेशसभाको आइतबार शुरु भएको नवौं अधिवेशनको दोस्रो बैठकमा मूख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकी हुन् । नेकपा एमाले विभाजन भएसंगै सरकार अल्पमतमा परेपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा मतका लागि प्रस्ताव पेश गरेकी छिन् । तर विश्वासको मतको प्रस्ताव कार्तिक ४ गते बस्ने बैठकबाट निर्णय हुने भएको छ । 
संसद नियमावलीमा रहेको सभामुखको तजविजी अधिकार र विपक्षी गठनबन्धनका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीबीच सरकार गठनबारे निर्णय भई नसक्दा अंकगणितका आधारमा अल्पमतमा रहेपनि नेकपा एमाले नेतृत्वको बागमती प्रदेश सरकारको आयु कार्तिक ४ गतेसम्म लम्बिएको छ ।
संसदको नवौं अधिवेशनको पहिलो बैठकमा मूख्यमन्त्री अष्टलक्ष्मी शाक्य, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौला, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे, विवेकशिल साझा पार्टीका सांसद रमेश पौड्याल, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाकी रिता माझी र सांसद प्रेम तामाङले नवौं अधिवेशन एवं विजयादशमीको शुभकामना दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार