२५ असोज, हेटौंडा । विजया दशमीको अवसरमा नेपाली कांग्रेसले सोमबार मकवानपुरको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ र मकवानपुर गढी २ मा सोमबार गरिएको चियापानमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र राप्रपाका गरी ४ सय ७२ जना र आईतबार हेटौंडा उपमहानगरपालिका १७ मा गरिएको शुभकामना आदानप्रदानमा विभिन्न पार्टी परित्याग गरी १ सय ७० जना गरी ६ सय ४२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
हेटौंडा ८ मा कांग्रेसका वडा सभापति भुपेन्द्र कोइरालाको सभाध्यक्षता र हेटौंडा १७ मा वडा सभापति नवराज न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय तथा मकवानपुर गढी २ मा वडा सभापति रामप्रसाद पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिएर नवप्रवेशीलाई कांग्रेसमा स्वागत गरेका थिए ।
कांग्रेसमा स्वागत गर्दै केन्द्रीय सदस्य डिनाले कम्युनिष्टहरुको दोहोरो चरित्र, तानाशाही प्रवृत्ति र भ्रष्टाचारमा लिप्त भएका कारण अव जनताले उनीहरुलाई नेपालबाट पत्तासाफ पार्ने बताउँदै पार्टीको आन्तरिक निर्वाचनमा भएका निर्वाचित पराजित सम्पूर्ण नेता कार्यकर्ताहरुले विगतलाई भुलेर एक भई पार्टीलाई अव आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा मकवानपुर कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने बता ।
त्यस्तै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति बानियाँले अरु पार्टीको भन्दा कांग्रेसको नेता र नीति ठिक लागेर कांग्रेसमा जनलहर बढेको बताउँदै कम्युनिष्टहरुले लोभ, भ्रम र त्रास देखाएर जनतालाई शोषण गरिरहेकाले त्यसलाई चिर्न नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।
नेता बानियाँले नवप्रवेशीहरुलाई योग्यता, क्षमताको आधारमा पार्टीमा उचित स्थान दिईने बताउँदै कांग्रेसले झुटको खेति नगर्ने र बोलेको कुरा पुर्याउने पार्टी भएकाले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताए ।
सोमबार भएका शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमहरुमा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, सल्लाहकार रिता खनाल, जिल्ला सदस्यहरु प्रदिप कोइराला, सुर्यबहादुर रुम्बा, ईन्दिरा न्यौपाने, गोपी अधिकारी, दोर्जे लामा स्याङतान, सुनिल अधिकारी, संघीय सभापतिहरु दामोदर खनाल, यतिराज सापकोटा, क्षेत्रीय सभापति तारानाथ चौलागाई, क्षेत्रीय सचिव सुवातसिं थिङ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, मकवानपुर गढी गाउँपालिका सभापति राजविर मोक्तान, हेटौंडा उपमहानगर उपसभापति डोल्मा स्याङबो, सचिव सविन न्यौपाने, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण नगर सभापति सुनिल गिरी, वडा सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरुलगायत क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
हेटौंडा ८ मा कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन तथा अच्युतम पौडेलको अध्यक्षतामा ३१ सदस्यीय नेपाल तरुण दल ८ नम्वर वडा समितिसमेत पुर्नगठन गरिएको छ ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












