Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँद्वारा मानव सेवा आश्रमलाई एक लाख रूपैयाँ सहयोग

Screenshot_20211017-09525-1634444205.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । 
बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्येबाट एक लाख रूपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् । उनले सहयोग रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हेटौंडा आश्रममा पुगेर हस्तान्तरण गरेका छन् । मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरूको सेवामा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफ्नो सेवासुविधाबापतको रकम हस्तान्तरण गरेको बानियाँले बताए । उनले आश्रमले परिवारबाट विछोड भएका, मानसिक रूपमा विक्षिप्त, शरीरिक रूपमा अशक्त र सडकमा कठिन जीवन विताउने क्रममा जन्मिएका र अलपत्र भेटिएका शिशुको गाँसबास, उपचार एवं बृत्तिबिकास र पुनर्मिलनमा गरेको कार्य मानवताको उच्चतम उदाहरण भएको बताउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आश्रम र संस्थापक अध्यक्ष रामजी अधिकारीसहित आश्रम परिवारको कामको प्रशंसा समेत गरेका थिए । उनले आश्रममा आश्रित अग्रजबाट टीका ग्रहणका साथै बालबालिकाहरूलाई दशैंको टीका समेत लगाई दिएका थिए । बानियाँले आश्रमलाई नियमित सहयोग गर्दै आएका छन् ।
प्रदेशसभा सदस्य बानियाँबाट प्राप्त सहयोग आश्रममा आश्रितहरूको गाँसबास र उपचारमा सदुपयोग गर्ने अधिकारीले बताए ।
बानियाँले केही दिन अघि मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउन ६० हजार रूपैयाँ सहयोग गरेका थिए । उनले सांसद बापत प्राप्त सेवा सुविधा सामाजिक हितमा खर्चिदै आएका छन् ।

Screenshot_20211017-09531-1634444207.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार