Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस गाउँपालिका सभापतिमा हारेका दाहाल नेकपा एकिकृत समाजवादीमा प्रवेश

Arjun-1634911361.jpg

५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरगढी गाउँपालिका सभापतिमा पराजित भएका जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
जिल्ला सदस्य दाहाल मकवानपुरगढी गाउँपालिका सभापतिमा असोज ९ गते राजविर मोक्तानसंग पराजित भएका थिए । पराजित भएपछि उनले आफ्नो ३० बर्षको प्रजातान्त्रिक राजनीतिलाई छोडेर नेकपा एकिकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । मकवानपुरगढी गाउँपालिका अधिवेशनमा सभापतिको आकांक्षीमा अर्जुनप्रसाद दाहालसंगै, राजबिर मोक्तान, बलराम घिमिरे र गोपि अधिकारी रहेका थिए ।

सहमति गर्ने क्रममा पटक पटक भएको छलफलबाट सहमतिका लागि भन्दै २ जनाले उम्मेवारीबाट पछि हटेका थिए । तर दाहाल र मोक्तान चुनावी मैदानमा होमिए । मकवानपुरगढी गाउँपालिका सभापतिका लागि भएको निर्वाचनमा मोक्तान ८७ मत ल्याएर विजयी भए भने दाहाल ५० मत ल्याएर पराजित भए । 

जिल्ला सदस्य भईसकेका व्यक्ति गाउँपालिका सभापतिमा उठ्ने आकांक्षा राखेपछि त्यतिबेलै उनलाई जिल्लाकै माथिल्लो तहमा अघि बढ्न सघाउने गढीका नेता कार्यकर्ताले प्रतिबद्धता जनाएर सहमतिका लागि आग्रह गरेपनि उनले केही जिल्लास्तरीय नेताको बलमा गाउँपालिका सभापतिमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा पराजित भएपछि विरक्तिएका उनी नेकपा समाजवादीको सम्पर्कमा गएका थिए ।

नेता दाहाललाई एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने, पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । प्रवेशका क्रममा दाहालले आफु निष्टाका साथ नेकपा एकिकृत समाजवादीमा लाग्ने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

थप समाचार