Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी शक्तिशाली पार्टी बन्छः केन्द्रिय सदस्य मोक्तान

Kumari-Moktan-ANeMa-Sanga-1635039280.jpg

७ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले देश माओवादीको एजेण्डाअनुसार चलेकाले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने दावी गरेकीछन् । 
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन गरेपछि उनले नेपालमा विचारको हिसाबले माओवादी सबैभन्दा उत्कृष्ट रहेको भन्दै आमनेपालीको पार्टी बन्ने दाबी गरिन् ।
महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित बर्गको उत्थानको लागि पार्टीले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै उनले विगतमा पार्टी विभाजन भएपनि चाँडै सबै गोलबद्ध हुने जिकिर गरिन् । 
दश बर्षे जनयुद्धमार्फत् धेरै उपलब्धीमध्ये महिलाको ३३ प्रतिशत आरक्षणपनि एक रहेको भन्दै बागमती प्रदेशकी सांसदसमेत रहेकी मोक्तानले ५० प्रतिशत महिला आरक्षण माग गर्ने एकमात्र संगठन अनेमसंघ क्रान्तिकारी रहेको बताईन् ।
यसैबिच, अनेमसंघ क्रान्तिकारीको वडा सम्मेलनले मञ्जु देवकोटाको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अञ्जु न्यौपाने, सचिवमा दिलकुमारी तामाङ, कोषाध्यक्षमा रसिला ढकाल लगायत रहेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ की अध्यक्ष गौरी राईको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राई, नगर अध्यक्ष तिर्थ बहादुर थापा मगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्यहरु रञ्जना श्रेष्ठ, लक्ष्मी माझी, हेटौंडा नगर अध्यक्ष लक्ष्मी पाख्रिन लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

थप समाचार