७ कार्तिक, हेटौंडा । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आबुधाबीमा शनिबार दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सुखद सुरुआत गरेको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा स्टिभ स्मिथले ३५, मार्कुस स्टोनिस २४, म्याथ्यु वेड १५, ग्लेन म्याक्सवेलले १८ रन जोड्दा डेभिड वार्नरले १४ तथा मिचेल मार्सले ११ रन बनाए । दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ तथा कागिसो राबडा, केशव महाराज र ताब्रेज साम्सीले १÷१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ९० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले सर्वाधिक ४० रन बनाए । कागिसो राबडाले अविजित १९ रन जोड्दा डेविड मिलरले १६ तथा हेन्रिच क्लासेनले १३ रन बनाए । कप्तान टेम्बा बाभुमाले १२ रन जोडे । अष्ट्रेलियाका मिचेल स्टार्क, जोश हाजलउड र एडम जाम्पाले २÷२ विकेट लिए ।
जितसँगै सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले पहिलो खेलमा २ अंक जोडेको छ । दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















