Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धन सरकारले उद्योगी व्यवसायीको हितमा काम गर्छः नेता बानियाँ

247299390_311202036240515-1635122400.jpg

८ कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५४ तथा ५५ औं वार्षिक साधारणसभा तथा अधिवेशन आइतबारबाट सुरु भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा साधरण सभा भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानसँगै उद्योगी व्यवसायीलाई समेत मास्न खोजेको आरोप लगाएका । उनले ओली सरकारले दुईपटक संसद् विघटन गर्नुको साथै कोरोनाले मारमा रहेका उद्योगी व्यवसायीको क्षेत्रमा कुनै वास्ता नगरेको आरोप लगाए । 
नेता बानियाँले कोरोनाले थलिएको उद्योग व्यापार क्षेत्रमा राज्यले विशेष प्याकेजको योजना ल्याउन नसकेको भन्दै उनले अब गठबन्धनको सरकारले यसतर्फ ध्यान दिने दावी गरे । उनले ओली नेतृत्वको सरकारले गरेको कमजोरीलाई सच्याँउदै उद्योगी व्यवसायीसँगै समग्र नेपालीको हितमा गठबन्धन सरकार अघि बढ्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, नेपाल उद्योग वाणिज्य महासंघका बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशकुमार बैदार, व्यवसायी कृष्णराज कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
साधारणसभाको सन्दर्भमा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा, संगीतकार शिखर सन्तोष, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र मकवानपुर उद्योग वाणिज्य संघको पश्चिमी क्षेत्र समितिलाई जग्गा दान गरेका दाता रामचन्द्र बर्तौलालाई सम्मान गरिएको थियो । यसैगरी मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा कोरोनाको समयमा सञ्चालन भएको कोभिड हेल्पडेस्कमा आबद्ध संघ संस्था र सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
यसैविच मकवानपुर उद्योग वाणिज्यसंघको नयाँ नेतृत्वका लागी सोमबारबाट निर्वाचन प्रकृया सुरु हुँदै छ । निर्वाचन कार्यक्रमबाट आगामी तीन बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

थप समाचार