१३ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।
अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै विस्फोटक ब्याटिङ गरेका आसिफ अलीले ७ बलमा अविजित रहदै २५ रन बनाए । उनले एकै ओभरमा ४ छक्का प्रहार गरेका थिए । त्यस्तै फखर जमानले २० रन जोडे । सोयब मलिकले १९ रन बनाउँदा मोहमद हाफिजले १० रन बनाए । अफगानिस्तानका राशिद खानले दुई विकेट लिए । मुजिब उर् रहमान, नभिन उल हक र मोहमद नाबीले १÷१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । अफगानिस्तानका कप्तान मोहमद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजि रहे । नाजिबउल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए । अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०÷१० रन बनाए ।
पाकिस्तानका इमाद वासिमले दुई विकेट लिए । शहिन साह अफ्रिदी, हरिस राउफ, हसन अली र शादब खानले १÷१ विकेट लिए । यस जितसँगै समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















