१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको कार्यक्रममा शनिवार नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय १५ जना नपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य विष्णुगोपाल महर्जन, घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुब घिमिरे, दिपक ढुंगाना, सन्दिप शाक्य सहित २ सय १५ जना कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय (डिना) र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले कांग्रसेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति डीनाले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले कांग्रेसका नेता तथा कार्यकर्तालाई कांग्रेसलाई जिताउन एक ढिक्का भई लाग्न आग्रह गरिन् । उनले कम्युनिष्टको झुटको खेती अब धेरै नटिक्ने बतउँदै नेपाली कांग्रेसबाट मात्रै देशमा स्थिरता, विकास र सम्बृद्धि सम्भव भएको बताईन् ।
यस्तै, कार्यक्रमका विशेष अतिथि बानियाँले पार्टीलाई थप सुदृढीकरण र मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नजिकिँदै गरेको शुभदिपावली, छठ पर्व, नेपाल सम्वतको शुभकामना दिँदै सत्य र न्यायको बाटोमा लागे जित निश्चि भएको उल्लेख गरे । उनले कोरोना महामारीको जोखिम अझै पनि रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी चार्डपर्व मनाउन आग्रह गरे ।
कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, नेपाली कांग्रेस मकवानपुरका उपसभापति बिष्णु लामिछाने, प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, जिल्ला सचिब बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल बिश्वकर्मा, प्रबक्ता प्रदिप कोइराला, नेबि संघका केन्द्रीय महासचिव प्रभात दाहाल, जिल्ला सल्लाहकार उमा दाहाल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं रेडियो नेपालका उपनिर्देशक नवराज लम्साल, जिल्ला कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्य लगाएत विभिन्न भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




