Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लेखक संघको बैचारिक विमर्श, भ्रम र झुटलाई लेखक संघले चिर्नुपर्छः बानियाँ

251604435_102276394093209-1635639617.jpg

१४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाली लेखक संघ मकवानपुरले कम्युनिष्टले समाजमा फैलाइरहेको भ्रम र झुटलाई चिर्न सक्नुपर्ने बताएका छन् । 
नेपाली लेखक संघको आयोजनामा शनिबार हेटौंडामा भएको वैचारिक विमर्श कार्यक्रमको प्रमुख अतिथि रहेका उनले साइबर सेनाले फैलाइरहेको झुटलाई चिर्दै सत्यतथ्य बुझाउने कार्यमा भूमिका खेल्न अनुरोध गरेका हुन् । लेखक सङ्घलाई थप सकृय बन्न अनुरोध गर्दै उनले आवश्यक सहयोगका लागि सदैव तत्पर रहेको बताए । 
नेता बानियाँले लेखक संघले सुरु गर्न लागेको अक्षयकोषका लागि ५० हजार रुपैयाँ सहयोगको प्रतिबद्धता जनाउँदै आगामी दिनमा भवनको लागि समेत सहयोग गर्ने उद्घोष गरेका छन् । 
कार्यक्रममा नेपाली लेखक संघका निवर्तमान केन्द्रीय अध्यक्ष डा. नवराज लम्सालले नेपालको लोकतान्त्रिक आन्दोलनमा लेखकहरुको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै मुलुकलाई सही मार्गमा लैजानेतर्फ लेखकको लेखनी हुनुपर्ने सुझाव दिए । बेला बखतमा यस्ता वैचारिक विमर्श आवश्यक रहेको औंल्याउँदै उनले मुलुकको विकासमा लेखकको उत्तिकै योगदान हुने धारणा राखे । 
नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको अध्यक्षतामा भएको कार्यक्रममा लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, मकवानपुर सदस्य विनिता महत लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस, भ्रातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

22-1635639619.jpg
33-1635639656.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार