Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरी र रातोमाटेमा कांग्रेसको चियापान, ८६८ जना पार्टी प्रवेश

Manahari-1635685778.jpg

१४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले मकवानपुरको मनहरी र हेटौंडा–१५ रातोमाटेमा शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा मनहरी बजार र हेटौंडा–१५ इकाई समितिको आयोजनामा रातोमाटेमा चियापान कार्यक्रम भएको हो ।
मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा मनहरीमा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, जिल्ला सचिव बुद्ध लामा, सल्लाहकारहरु भरत पराजुली, उमा दाहाल, मनहरी उपसभापति सुर्य रोक्का, वडा अध्यक्ष ठाकुर तितुङ, नेताहरु शंकर न्यौपाने, लोक मोक्तान, रञ्जन कालाखेती, गणेश मानन्धर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राप्रपा पूर्व क्षेत्रीय अध्यक्ष रामचन्द्र बर्तौला, उद्योग बाणिज्य संघ पश्चिमी क्षेत्रका बरिष्ठ उपाध्यक्ष गणेश मानन्धर, राप्रपा जिल्ला सदस्य एवं मउवासंघका सदस्य हरिकृष्ण बर्तौलालगायत माओवादी, एमाले, राप्रपाका गरी ७१८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
त्यस्तै, हेटौंडा–१५ मा वडासभापति नवराज घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा १४ जना कांग्रेसका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, जिल्ला सचिव बुद्ध लामा, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति तारानाथ चौलागाई, वडा अध्यक्ष महारत्न लामा, हेटौंडा नगर अध्यक्ष उत्सव इटेनी, नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य प्रेमबहादुर भोम्जन, कांग्रेस वडा उपसभापति इश्वर पाख्रिन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले, माओवादी, राप्रपा लगायतका पार्टीबाट १५० जना प्रवेश कांग्रेसमा प्रवेश गरेको तरुण दल नगर सदस्य रोहित श्रेष्ठले जानकारी दिए । दुबै कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि डिना, विशिष्ट अतिथि कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति बानियाँ लगायतले स्वागत गरेका थिए ।

Manahari1-1635685780.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार