१६ कार्तिक, हेटौंडा । इंग्ल्यान्ड आईसीसी टी– विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाएको इनिङ्समा कप्तान डसुन शनकाले २६, भानुका राजपाक्षेले २६, चारिथ असलंकाले २१ र अभिस्का फर्नान्डो १३ रन बनाए ।
इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २÷२ विकेट लिए । लियाम लिभिङस्टोन र क्रिस वोक्सले १÷१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोस बट्लरले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनी जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।
यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए । जासन रोयले ९, डाविड मालनले ६ तथा मोइन अलीले अविजित १ रन बनाए । जोनी बेयर्स्टो भने सुन्य रनमा आउट भए । श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।
जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ । अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो । श्रीलंकाको भने यो तेस्रो हार हो । श्रीलंका ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















