२२ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पारेको छ । स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह १ को विजेताको रुपमा इंग्ल्यान्ड र उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ ।
आईतबारको खेलमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन जोड्न सक्यो । स्कटल्यान्डका लागि रिची वेरिङटनले सर्वाधिक ५४ रन जोडे । पाकिस्तानका शदाव खानले दुई विकेट लिए । शाहिन शाह अफ्रिदी, हरिस राउफ तथा हसन अलीले एक–एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकिय इनिङ्सको सहयोगमा चार विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । आजमले ४७ बलमा ६६ रन जोड्दा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । मलिकले १८ बलमा ५४ रन जोडेका थिए । उनले एक चौका र छ छक्का हिर्काए । स्कटल्यान्डका क्रिस ग्रेभ्सले सर्वाधिक दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एक–एक विकेट हात पारे ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















