२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको बागमती गाउँपालिका वडा नम्बर २ मा वडा कार्यालय उद्घाटन भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र संघमा अत्याधिक बहुमत दिए पनि उनीहरू आफ्नै पदका लागि मात्रै हानाथाप गरेको बताए । उनलेे एमाले अध्यक्ष केपि शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ध्वस्त पार्न खोजेकाले यसको संरक्षणका लागि गठबन्धन गरेर कांग्रेसले सरकारको नेतृत्व लिएको बताए । कम्युनिष्टहरूले कुरा मात्रै गर्ने तर काम नगर्ने बताउँदै नेता बानियाँले कांग्रेसले आफुले प्रतिवद्धता गरेका काम पूरा गरेर जनताको हित गरिरहेको बताए । उनले जनताको भविष्य कांग्रेससंग र कांग्रेसको भविष्य जनतासंग रहेको बताउँदै कांग्रेसले सधैं जनताको पक्षमा काम गरेको बताए ।
वडा सभापति छबिलाल बोम्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, रिता खनाल, महासमिति सदस्य धर्म लामिछाने, जिल्ला सदस्यहरू शेरबहादुर लामा, चोकबहादुर ठाडा, ईन्दिरा न्यौपाने, सुशान्त श्रेष्ठ, दोर्जे लामा स्याङ्तान, क्षेत्रीय सभापति तारानाथ चौलागाईं, डिल्ली घोरासाइनी, क्षेत्रीय सचिव सुवात थिङ, बागमती गाउँपालिका सभापति फणीन्द्र तिमल्सिना, हेटौंडाका निवर्तमान नगर सभापति आनन्दराम पराजुली, बागमती गाउँपालिकाका निवर्तमान सभापति भक्तबहादुर राई, निर्वाचित जनप्रतिनिधि, नगर, गाउँ, वडाका प्रतिनिधि, भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा नम्बर २ मा नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार रहेका लक्षु पहरी, हाजिरमान स्याङतान, बिखे पहरी, श्रीकृष्ण पहरी, फुलमति राई, सिता राई, याकुमाया आले, रोशण पहरी, निरबहादुर मोक्तान र नेकपा माओबादीबाट श्याम राई र सुकुमाया राईसहित १४८ जना कांग्रेस प्रवेश गरेका छन् ।
त्यस्तै, वडा नम्बर ८ बाट ३०, वडा नम्बर ४ बाट ४४ जना वडा नम्बर १ बाट ७८ जना नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गरेको बागमती गाउँपालिका सचिव सुदिप पाख्रिनले जानकारी दिए । उनीहरूलाई प्रमुख अतिथि बानियाँले स्वागत गरेका थिए ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




