Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१७ मा बृहत तरुण भेला,सभापतिमा थापा चयन

FB_IMG_1636806898815-1636808056.jpg

२७ कार्तिक,हेटौंडा। नेपाल तरुण दलले हैटौडा उपमाहानगरपालिका वडा नम्बर  १७ मा बृहत् तरुण भेला सम्पन्न गरेको छ। शनिबार हेटौंडा-१७ मा रहेको सालक पार्कमा बृहत तरुण भेला सम्पन्न गरेको हो। 

नेपाली कांग्रेसका बागमति प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले ३१ सदस्यीय तरुण दलको नयाँ कार्य समिति समेत चयन गरेको छ।

भेलामा नेता बानियाँ सहित बागमती प्रदेश भौतिक  पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले तरूण दल कांग्रेसको ब्याकअप भएको भन्दै तरूण दलले युवाको भावनालाई समेट्न सक्ने बताउदै,तरूण दलमा युवाको आकर्षण बढ्दै गएको बताए। 

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका उप-सभापति बिष्णु प्रसाद लामिछाने,कांग्रेस हेटौंडा नगर निवर्तमान सभापति आनन्दराम पराजुली,कांग्रेस हेटौंडा नगर सभापति उत्सव ईटेनी , हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,१६ नम्बर वडाध्यक्ष कृष्णराम कोइराला,कांग्रेस हेटौंडा -१७ का सभापति नवराज न्यौपाने सहित कांग्रेस मकवानपुरका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।  

त्यसैगरी आज भएको भेलाले पुन दिपक थापाको  नेतृत्वमा तरुण दल हेटौंडा-१७ को ३१  सदस्यीय कार्य समिति चयन गरेको छ।  भेलाले तरूण हेटौंडा -१७ को कार्यवाहक सभापतिमा अशोक घलान,उप-सभापतिमा सुमनलाल श्रेष्ठ र नमराज माझी,सचिवमा  हिरामणी घिमिरे,कोषाध्यक्षमा  श्रि हरि न्यौपाने,सह-सचिवमा प्रतिमा पराजुली र कैलाश ढुङगाना चयन भएका छन।

FB_IMG_1636807346284-1636808057.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार