१ मंसिर, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्रालयमा बुधबार मन्त्रालय अन्तरगतका विभिन्न तहको कार्यसम्पादनबारे जानकारी लिंदै मन्त्री लामाले स्वास्थ्य मन्त्रालयले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका हुन् । उनले यसका लागि आफु नीतिगत र प्रशासनिक समस्या समाधान गर्न तत्पर रहेको बताउँदै सोही अनुसार कार्यसम्पदानमा जुट्न निर्देशन दिए । प्रदेशको स्वास्थ्य सुधारका लागि केही नविनतम सोचको खाँचो रहेकाले मन्त्रालय र सम्बन्धित तहबाट सहकार्य हुनुपर्ने उनको भनाई थियो ।
कोभिड महामारीबाट अझै पनि प्रदेशमुक्त नभईसकेको अवस्थामा कोरोनाविरुद्धको खोप, उपचार र जोखिम न्यूनिकरणको कामलाई प्रभावकारी ढंगले संचालन गर्न उनको निर्देशन थियो । मन्त्री लामाले स्वास्थ्य क्षेत्रका चुनौतिलाई अवसरको रुपमा लिएर प्रदेशलाई स्वास्थ्य सेवाका दृष्टिकोणले अब्बल बनाउन आफ्नो कार्यकाल सदुपयोग गर्ने बताए । उनले सुधार सानो कामबाटै थाल्नुपर्ने भन्दै स्वास्थ्य संस्थाहरुको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिए ।
स्वाथ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. अर्जुन सापकोटा, स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रागश्री कक्षपति, जवस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्की, स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख बसन्त अधिकारी लगायतले आफ्नो कार्यालयले गरेका काम, आगामी योजना भोगेका समस्या र समाधानका लागि गर्नुपर्ने कामहरुबारे प्रस्तुतिकरण गरेका थिए ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...












-1792888897.jpg)




