Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको क्षेत्र नं २ ‘ख’ मा कालाखेतीको प्यानल घोषणा

256290503_553768419028949-1637284798.jpg

३ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा आज शुक्रबार हुन लागेको क्षेत्रीय निर्वाचनका लागि जिल्लाको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा रञ्जन कालाखेतीको प्यानल घोषणा भएको छ । 
बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सभापति पदका दावेदार कालाखेतीले आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलबाट उपसभापतिमा भुवन नेगी ‘राजदुत’ र रामकुमार वाल्पा थिङ, सचिवमा नवराज पौडेल र कृष्ण योन्जन तथा सहसचिवमा गोपिलाल थिङ ‘प्रदीप’ र शालिकराम अधिकारी रहेका छन् । 
यस्तै उनको टिमबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा खुलातर्फ निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, बेलबहादुर मुक्तान, कान्छाराम रुम्बा र ज्ञानेन्द्र बर्तौला रहेका छन् ।
यस्तै खुला महिलातर्फ देवकी उप्रेती, यासिका घिसिङ र पद्मादेवी श्रेष्ठ, जनजातितर्फ सागर जिम्बा, निजन घलान र ठूलोकान्छा लामा, जनजाति महिलातर्फ संगीता थिङ र सीता बल, खसआर्यतर्फ जयन्ती पाठक, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसंख्यकतर्फ विनोदकुमार प्रजा उम्मेदवार रहेकोे छ ।
यस क्षेत्रमा ५४४ जना मतदाता रहेका छन् । पत्रकार सम्मेलनमा कांग्रेस सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलासहितका नेताहरुको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार