Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता

संघीय सदस्यमा मकवानपुरका भण्डारी

Screenshot_20211122-11223-1637559991.jpg

६ मंसिर, हेटौंडा । निर्वाचन आयोगमा विवेकशील पार्टीको नयाँ पार्टी दर्ता भएको छ । निर्वाचन आयोगको २०७८ कार्तिक २९ गते बसेको बैठकले नेपाल विवेकशील पार्टी  दर्ता गर्ने निर्णय गरेको हो । पार्टीलाई प्रमाणपत्र भने मंसिर ३ गते दिइएको छ ।
अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ । 
दलका संघीय पदाधिकारीहरूमा कर्मा लामा तामाङ - अध्यक्ष, अजीता राई - उपाध्यक्ष, छिरीङ तामाङ - नीति, अनुसन्धान तथा विश्लेषण, संगीता बाटाजु -सचिव, प्रशिक्षण, शशि विक्रम कार्की - सचिव, अभियान र सञ्जाल, विजय बाबु शिवाकोटी -प्रवक्ता रहेका छन् । संघीय समितिका सदस्यहरूमा विशाल बिक्रम निरौला, कृष्णदेव भण्डारी, साधना राई, किरन साह, सन्तोष घिमिरे, जमाल अली, मोहना मोथे खनाल, अन्जन निरौला, सुनीता बाटाजु, समिर वली, सतिष बाबु कार्की, आशीष राई, जङ्गे बहादुर कुँवर, अमृत विष्ट र लक्ष्मण श्रेष्ठ रहेका छन् ।
पार्टीको राजनीतिक दर्शन रूपान्तरणकारी मार्ग भने सामाजिक दर्शन मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान रहने र  आर्थिक दर्शनको रूपमा समन्वयनकारी पुँजीवाद रहने जनाइएको छ । 
दलको राजनीतिक प्रस्थान विन्दु सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता हुनेछ भने दलका सदस्यहरूलाई व्यक्तिगत रुपमा बाटो देखाउने मूल्य मान्यताहरूमा निष्ठा, पारदर्शिता, साहस, समानुभूति, विनम्रता, उत्कृष्टता हुनेछन् र दललाई संस्थागत रुपमा चुस्त बनाउने मूल्य-मान्यताहरुमा जवाफदेहीता, कार्य कौशलता, ‘ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभाव’ विरुद्ध शून्य सहनशीलता, समावेशीता, सुयोग्यता, आन्तरिक सहभागितामूलक लोकतन्त्र रहने पार्टीले जनाएको छ ।
विवेकशील आन्दोलनलाई जोगाएर समय सापेक्ष सुधार गर्दै अगाडि बढाउन यस दल प्रतिबद्ध रहेको दलको भनाइ छ । छ । २०७७ सालमा तत्कालीन विवेकशील नेपाली र साझा पार्टीबिच भएको एकीकरणमा सहभागी नभई छुट्टै रूपमा राजनीतिक तथा सांगठनिक गतिविधि गर्दै आएको पार्टी प्रवक्ता विजय बाबु शिवाकोटीले जानकारी दिए ।

Screenshot_20211122-11345-1637560210.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार