१५ मंसिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाटोको खाल्डाखुल्डी समेत पुर्न नसक्नेले बिधुतीय बसको कुरा गरेर भ्रमको खेती गर्न खोजेको भन्दै बागमती प्रदेशको पूर्ववर्ति सरकारको आलोचना गरेका छन् ।
मकवानपुर उधोग बाणिज्य संघ हेटौडाले बुधबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पूर्वपश्चिम राजमार्गमा परेको खाल्डाखुल्डी समेत पुर्न नसक्ने र हेटौंडाको मुख्य राजमार्गको विषयमा सधै अन्यौलता सिर्जना गर्नेले बिधुतीय बस र सुरुङमार्गको बिषय उठाउनु बेकार भएको बताए ।
उनले न्यूनतम आवश्यकता समेत पूरा नगरी बिद्युतीय बस खरिद प्रकृया अगाडी बढाउन खोजिएकोले तत्कालका लागी बिधुतीय बस खरिदको निर्णय स्थगित गरिएको मुख्यमन्त्री पान्डेले दावी गरे । विधुतीय बस खरिद र सुरुङग मार्ग स्थगित गरेको बिषयलाई राष्ट्रघाति, विकास विरोधि कदम भनेर प्रचार गर्न खोजिएको भन्दै उनले अहिले विद्युतीय बस सञ्चालन गर्न खोज्नु भनेको जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने प्रवृति भएको बताए । मुख्यमन्त्री पाण्डेले जनकपुरको रेलको अवस्थाको बारेमा स्मरण गराउँदै जनताको पैसालाई झ्वाम्म खोलामा फाल्न खोज्नु चैं राष्ट्रघाती भएको दावी गरे ।
मुख्यमन्त्री पाण्डेले हेटौडा काठमाडौ सुरुग मार्ग ४ बर्ष बिताउने सरकारले गर्न नसकेको बताउदै १८ अर्बको स्टिमेट रहेको यो ठुलो योजना आफुहरुले १ बर्षमा गर्न नसकने स्पष्ट पारे । कुनै निजि क्षेत्र आएमा बनाउने अनुमती दिनसक्ने जनाउदै बागमती प्रदेश सरकारले एक रुपैया पनि दिन सक्ने अबस्था नरहेको बताए । आगामी मंसीर १९ गते क्याबिनेट बैठक बोलाएर बाटो स्तरिकरण, ट्राफिक व्यवस्थापन, लगाएतका बिषयमा निर्णय गरिने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
हेटौंडा बजार क्षेत्रको सडक विस्ताकारको विषयमा मुख्यमन्त्री पाण्डेले सडकको सेन्टर लाइनबाट दायाँबायाँ २५ मिटर सडक फराकिलो बनाउनु कानुनी बाध्यता रहेको बताउँदै तर बैकल्पिक बाटो खोजेर जनताको चाहना अनुसार अघि बढ्ने सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
मउबा संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अग्रवालले सडक बिस्तारको समस्या, नापतौलको समस्या, दोस्रो औद्योगिक क्षेत्र बिस्तार हुन नसकेको अबस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई ध्यानकर्षण गराएका थिए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु शालिकराम जम्कट्टेल, कुमारी मोक्तान, कृष्णप्रसाद शर्मा खनाल उपस्थित थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायतले हेटौंडाको समस्या र उद्योगी व्यवसायीको समस्या बारे मुख्यमन्त्री र मन्त्रीहरुलाई जानकारी गराएका थिए ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




