१८ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागी आज मतदान हुँदै छ ।
हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा विहान ९ बजेबाट मतदान सुरु हुने मतदान अधिकृत केशवराज काफ्लेले जानकारी दिए । मतदान प्रकृया अन्तर्गत गएराति अवेर गरी निर्वाचन अधिृकतको कार्यलयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो ।
कांग्रेस बागमती प्रदेशको सभापतिका लागी नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता एवं मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, जगदीश नरसिंह केसी र भिमसेन दास प्रधानले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी उप–सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह–महामन्त्री महिला तर्फ ३ जना र सह–महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ । सभापतिका उम्मेदवार बानियाँ र केसीले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
बानियाँको प्यानलबाट उप–सभापतिमा चन्द्र महर्जन र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा महेन्द्र थिङ, हरिशरण श्रेष्ठ र निर्मला खड्काले उम्मेदावारी दिएका छन् । यस्तैगरी केसीको प्यानलबाट उप–सभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कंचन चन्द्र बादेको उम्मेदावारी रहेको छ ।
१० स्थानमा मतदान व्यवस्था गरेकोले मतदान छिटै सकिने निर्वाचन संयोजक केशव प्रसाद काफ्लेले जानकारी दिए । बिहीबारबाट सुरु भएको प्रथम अधिवेशनमा १२४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २१३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




