Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मेला सार्न कपडा व्यवसायीको आग्रह

वेवास्ता गरे आन्दोलनमा उत्रने

Kapada-Byabasai-1471429380.jpg

१ भदौं, हेटौँडा । हेटौँडाका कपडा व्यवसायीले उद्योग संघ मकवानपुरले गर्न लागेको मेला सार्न आग्रह गरेका छन् । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी मेलाको मिति सार्न आग्रह गरेका हुन् । 
उद्योग संघले भदौं २९ गतेदेखि असोज ९ गतेसम्म मेला गर्ने जनाएको थियो । कपडा व्यवसायीहरुले बर्षभरीमा दशैंतिहारमा व्यापार गर्ने मौसममा मेला गर्दा हेटौँडाका व्यवसायीलाई मार पर्ने भएकाले मेलालाई दशैंतिहार पछि गर्न आग्रह गरेका छन् । मेलाको नाममा बाहिरका घुमन्ते व्यापारीले पुराना गुणस्तरहिन सामग्री विक्रि गर्ने र राज्यलाई कर समेत छल्ने उनीहरुको दावि छ । 
कार्यक्रममा बोल्दै कपडा व्यवसायी भवानी शर्माले मेलाबाट लुट्न पल्किएका मकवानपुर उद्योग बाणिज्य संघका केही पदाधिकारीको आडमा उद्योग संघले व्यापार मेला गर्न लागेको भन्दै बर्षौदेखि जिल्लाका ग्राहकलाई सेवा दिईरहेका व्यवसायीको व्यापारमा असर पर्ने काम गरे आन्दोलनमा उत्रने चेतावनी दिए । नारायणी मल व्यवसायी संघका अध्यक्ष समिरलाल डंगोलले उद्योग संघले औद्योगिक प्रर्दशनी गर्नुपर्नेमा अरुको उक्साहटमा व्यापार मेला गर्न थालेकोप्रति आपत्ति जनाए । उनले मेलामा हुने आम्दानी ७० प्रतिशत बाहिरका व्यापारीले लैजाने र सामानको गुणस्तरीयताबारे जवाफदेही नहुने भएकाले उपभोक्ता ठग्ने काममा नलाग्न उद्योग संघलाई सचेत गराए । उनले मकवानपुर उद्योग बाणिज्य संघका पदाधिकारी नै उद्योग संघको मेलामा संलग्न भईरहेको भन्दै आफुले गरेको मेलाको हिसाव फर्छौट नगर्नेहरुको संलग्नताले उद्योग संघको बदनामी गराउने निश्चित रहेको दावि गरे । 
कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष राजेश बानियाँले मकवानपुर उद्योग बाणिज्य संघले आप्mना बस्तुगत व्यवसायीको हितमा सोच्नुपर्नेमा उद्योग संघको मेलालाई सफल बनाउन लाग्नु दुर्भाग्यपूर्ण भन्दै मेलाको मिति नसारे बस्तुगत संघहरुको समन्वयमा विरोधका कार्यक्रम अघि बढाउने बताए । कपडा तथा तयारी पोशाक व्यवसायी संघमा १ सय ५५ व्यवसायी आवद्ध छन् भने हेटौँडामा ३ सय भन्दा बढि कपडा व्यवसायी यस व्यवसायमा संलग्न छन् ।
मेलाले कसलाई पर्छ असर ?
हेटौँडामा हुने कुनै पनि मेलाले हेटौँडाका अधिकांश व्यवसायीलाई असर गर्ने गर्दछ । व्यवसायले प्रत्यक्ष रुपमा होटल, कपडा तथा तयारी पोशाक, विद्युतिय सामग्री, प्लाष्टिकका सामग्री, सजावटका सामग्री, कम्प्युटर लगायतका क्षेत्रका व्यवसायीलाई प्रत्यक्ष असर गर्दछ । यसले बजार क्षेत्रको सवारी आवागमनमा नकारात्मक असर गर्छ, बजार सवारीका कारण जाम हुन्छ । मेलामा धुलो र ध्वनी प्रदुषणले त्यस आसपासका बासिन्दालाई प्रत्यक्ष मार पर्ने गरेको मेलाका भुक्तभोगी हुप्रचौरका स्थानीय बताउँछन् ।
मेलामा महंगो र गुणस्तरहिन सामग्री 
मेलामा धेरैको अपेक्षा सस्तोमा सामान किन्न पाईन्छ भन्ने हो । तर हेटौँडामा अहिलेसम्म भएका मेलामा कुनै पनि उपभोक्ताले सस्तोमा सामान खरिद गरेको प्रतिक्रिया दिएका छैनन् । सबैं सामग्री हेटौँडा बजारमा पाईने भन्दा बढि मूल्यमा विक्रि हुने गरेका छन् । यसको कारण उनीहरुले छोटो समयका लागि स्टल भाडा बढि तिर्नु परेको हुन्छ । सस्तोमा कुनै सामग्री खरिद गरेकोमा खुशी भएका उपभोक्ता गुणस्तरहिन सामान परेको भन्दै दुःख मान्ने गरेका छन् । मेलामा व्यापार गर्ने अधिकांश व्यवसायी बाहिरका हुन्छन्, दर्ता नभएका हुन्छन् र उनीहरुलाई कमाउने ध्याउन्न मात्रै हुन्छ । 
कर छलि
मेलामा यति करोडको कारोबार भनेर समाचार आउँछ तर त्यति करोडको कारोबार गर्ने व्यवसायीहरुले कर तिरेको रेकर्ड कतै छ त ? छैन । मेलामा खरिद गरेको कुनै पनि सामानको विल नदिईने भएकाले कुनै पनि व्यवसायीले यो अवधिमा गरेको कारोबारको कर छलि हुन्छ । राज्यलाई प्रत्यक्ष रुपमा कर छल्न दिने थलो मेला बन्ने गरेको छ ।
पाइलापिच्छे घोटाला
मेलामा पाईलापिच्छे घोटाला हुन्छ भन्ने उदाहरण मकवानपुरमा विभिन्न समयमा लगाईएका मेलामा सम्बन्धित संस्थाक पदाधिकारीले नै सार्वजनिक गर्ने गरेका छन् । मेलामा व्यापाक घोटाला हुने पहिलो क्षेत्र भनेको बालउद्यान हो । यो क्षेत्र प्रायः भारतियको हुन्छ । यसमा गरिने खर्च पुरै देश बाहिर जान्छ । यसमा आयोजकमा निश्चित पदाधिकारीले ठेक्कामा दिएर रकम कुम्ल्याउने गर्दछन् । स्टल बुकिङमा समेत हिनामिना हुने गर्दछ । राम्रो स्टल मिलाईदिने बहानामा आयोजकले रकम कुम्ल्याउँछन् । बढि कमाई र लुट मच्याउन पाईने क्षेत्र भनेको सांस्कृतिक कार्यक्रममा हो । यस क्षेत्रमा संलग्नले कलाकारलाई कम दिने र बढि दिएको भन्दै लुट्ने गर्दछन् । कलाकारलाई सत्कारको नाममा पनि थप रकम उनीहरुले आफ्नो पकेटमा पार्छन् । 
अनुचित लाभ लिन आफु निकटका कलाकार ल्याउन होडबाजि मात्रै होइन आयोजक टिममा कुटाकुट समेत हुन अवस्था हुन्छ । मेलामा केही क्षेत्रका अगुवाले ५ देखि ७ लाख रुपैँयासम्म आफ्नो गोजमा पार्न भ्याउने भएकाले अधिकांश मेलामा उस्तै अनुहार देख्न सकिन्छ ।
फ्रि पासको टिकटको दुरुपयोग मेलाको अर्को अवगुण हो । केहीले प्रतिष्ठित व्यक्तित्व, अतिथिलाई दिनुपर्ने अतिथि पास आफ्नो नातेदारहरुलाई दिने गरेका छन् । मनलाग्दी पास वितरण हुँदा केहीले पास पाउने कोहीले नपाउने हुने र विवाद उत्पन्न हुने गरेको छ ।
आयोजक पदाधिकारीबीच मनमुटावको जड
व्यवसायिक संस्थामा रहदा सुमधुर सम्बन्ध रहेका पदाधिकारीबीच मेला संचालन गरेपछि कटाक्ष शुरु हुन्छ । पदाधिकारीबीच कार्यक्षेत्र, आर्थिक अपचलन, पक्षपाती व्यवहार गरेको जस्ता विषयलाई लिएर विवाद शुरु हुन्छ । कतिपय अवस्थामा मेला अवधीमा पदाधिकारीबीच कुटाकुट हुन्छ । संस्थामा सदभाव विगार्ने काम अहिलेसम्म भएका मेलाहरुले गरेको देखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार