९ पुस,हेटौंडा–। मकवानपुरको राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ ।राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् ।
राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । जसमध्ये ८ नम्बर वडासहित ९ र ३ नम्बर वडामा भवन निर्माण सम्पन्न भइसकेको छ । ‘बाँकी ४ वटा वडामा पनि स्वास्थ्य केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अबको केही समयमा नै नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गर्छौंं ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।
देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गर्दै अध्यक्ष मल्लले अहिले वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइरहेको र अझै यो सेवा विस्तार गर्ने योजनामा रहेको बताए।
गाउँपालिकाका ९ वटा वडामा हाल १० वटा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । जसमध्ये ४ वटा केन्द्रमा सुत्केरी सेवासमेत सञ्चालनमा छ । चैनपुरमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १० बेडको अस्पताल सञ्चालन अन्तिम चरणमा छ । गाउँपालिकाको केन्द्र चैनपुरमा डाक्टरको सेवासमेत उपलब्ध भइसकेको छ ।
गाउँपालिकामा करिब सवा दुइ करोडको लागतमा पक्की स्वास्थ्य संरचना निर्माण भएको छ । गत वर्ष ठेक्का लागेर निर्माण सुरु भएका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवनमध्ये केहीको निर्माण सम्पन्न भइसकेको छ भने केहीको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले राक्सिराङका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि प्रति भवन ३८ लाख रुपैयाँका दरले २ करोड २८ लाख रुपैयाँ छुट्याएको थियो ।
राक्सिराङ–८ का वडाध्यक्ष रामकृष्ण प्रजाको अध्यक्षतामा भएको देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति मोहन नगरकोटी, देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी ईञ्चार्ज रजनी थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न एक रोपनी जग्गा दान गर्ने सिताराम स्याङ्तान र समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...
१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...
१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...
१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...
१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...
१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...
१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...
१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...
१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...