Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

बकैया गाउँपालिका

मकवानपुरको बकैयामा पक्राउ परे नगद सहित ८ जुवाडे

FB_IMG_1640613090139-1640615342.jpg

फोटो:जिप्रका मकवानपुर

१२ पुस,हेटौंडा। मकवानपुर प्रहरीले जुवा खेल्ने  ८ जनालाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ सहित मकवानपुरको बकैयाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले दिएको जानकारी अनुसार आइतबार दिउँसो मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाको वडा नम्बर ९ बैरुङ्दमारबाट हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उक्त नगद सहित ८ जना जुवाडेलाई पक्राउ गरेको हो। पक्राउ परेका ८ जना खुल्ला चौरमा कौडा खेलिरहेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्ने सबै बकैयाकै रहेको जनाइएको छ। पक्राउ परेकाहरुलाई प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ।

भर्खरै मकवानपुर सरुवा भइ आएका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जिल्लामा हुने लागुऔषध ओसारपसार तथा जुवातास तथा अमर्यादित कार्यलाई नियन्त्रण गर्ने उदघोष गरेका थिए। 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
वीपि राजमार्ग आजबाट १ महिना राति बन्द रहने
FB_IMG_1752745345757-1752745490.jpg

१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
285142223_149526584283416-1752720643.jpg

१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ
Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...

एमालेको सचिवालय बैठक आज बस्दै
Oli-1710241632-1752717683.jpg

१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

कर्णालीमा आज सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1752717167.jpg

१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...

मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य
Screenshot_20250717_07311-1752716823.jpg

१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...

बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
Screenshot_20250526_06180-1752716278.jpg

१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...

थाहानगरमा भाउजू हत्या: पक्राउ परेका देवर पुर्पक्षका लागि थुनामा
IMG_20240512_141304-1752663345.jpg

३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो
20250716_071146-1752629229.jpg

३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...

थप समाचार