Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशमा ड्राइभिङ लाईसेन्सका लागि २ लाख आवेदन, चाँडै पालोको व्यवस्था मिलाईने

Photo1-1648450376.jpg

१४ चैत, हेटौंडा । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि २ लाख १५ हजार ६ सय जनाले अनलाईन फारम भरेको जनाईएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री घनश्याम दाहालले यस्तो जानकारी दिएका हुन् ।
उनले अहिले २ लाख १५ हजार ६ सय जनाले लाईसेन्सका लागि आवेदन दिएको र अहिलेकै गतिमा प्रक्रिया अघि बढाउने हो भने सन् २०२४ मा मात्रै उनीहरुको पालो आईपुग्ने बताए । ‘त्यसैले यति ढिलो पालो आउने अवस्था अन्त्यका लागि काम गरिरहेका छौं ।’–उनले भने–‘चाँडै पालो आउने गरी प्रक्रिया अघि बढाईएको छ ।’ उनले लाईसेन्स प्रिन्ट गर्ने अधिकार प्रदेशसंग नरहेकोले त्यसबारे आफुहरुले जवाफ दिन नसक्ने बताउँदै मन्त्री दाहालले लाईसेन्सका लागि आवेदन दिएकाहरुको पालो चाँडै आउने व्यवस्था मिलाउन भने मन्त्रालयले काम थालिसकेको बताए । 
मन्त्री दाहालले चालु आर्थिक बर्षमा यातायात क्षेत्रबाट १० अर्ब ८५ करोड रुपैंया राजस्व संकलनको लक्ष्य राखिएकोमा दोस्रो चौमासिकसम्ममा ७ अर्व १२ करोड ७३ लाख ४७ हजार ७ सय रुपैंया संकलन भएको बताए । उनले मन्त्रालयले लक्ष्य अनुसार राजस्व संकलन गर्ने बताए । राजस्व संकलनलाई अनलाईन विधिमार्फत भुक्तानी गर्न सकिने गरी काम भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
उनले मन्त्रालय मातहतका कार्यालयमा भएका विकृति समाधान गर्ने र सुधारको प्रक्रिया अघि बढाउन बताउँदै मन्त्रालय स्थापना भएपछिको अवधीमा गलत क्रियाकलाप गर्ने २ जना कर्मचारी कारवाहीमा परेको जानकारी दिए ।
यस्तो छ मन्त्रालयको प्रगति विवरण

Photo2-1648450396.jpg
Photo3-1648450397.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार