१५ चैत्र, हेटौडा । पोखराको एक सामुदायिक वनले हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन भ्रमण गरेको छ।पोखरा महानगरपालिका–२८ मा रहेका मैदीपाखो सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुद्वारा मंगलबार रानी सामुदायिक वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेका हुन।
भ्रमणका सहभागिहरुलाई रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने,सचिव नानीमाया रुम्बा, सदस्य अनिता बुढाथोकी, अम्बिका बिक., कार्यालय सचिव भीमसेन पौडेल ,वनहेरालु हरिचन्द्र सापकोटा, उन्नती आयआर्जन महिला समूहकी अध्यक्ष विमला कुमारी दंगाल लगायतकाले स्वागत गरेका थिए ।
सहभागीहरुलाई अध्यक्ष विष्णुप्रसाद न्यौपाने र कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । सहभागिहरुलाई समूहको ऐतिहासिक पृष्ठभूमि, वन व्यवस्थापन, संस्थागत विकास, महिला सहभागिता, वनडढेलो नियन्त्रण, सामाजिक कार्य, आयआर्जन, पर्यापर्यटकीय क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा लगायतमा समूहले गरेका कार्यहरुको बारेमा जानकारी गराईएको थियो । सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले महासंघले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए।मैदीपाखो सामुदायिक वनका अध्यक्ष भोलानाथ रुपाखेतीको नेतृत्वमा आएको भ्रमणदलमा २० जनाको सहभागिता रहेको थियो । हाल सम्म रानी सामुदायिक वनको ५ सय ५६ वटा भ्रमण टोलीहरुले अवलोकन गरिसकेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन ।
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...




-nepal-1792111426.jpg)













