Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा कमल थापाको हारगुहार, खाल टाँट हुने डर

Kamal-Thapa-1648719622.jpg

१७ चैत, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा बिहिबार आफ्नो गृह जिल्ला मकवानपुरको हेटौंडा आएर हारगुहार गरेका छन् । राप्रपा नेपाल मकवानपुरको घोषणा सभामा उनले पार्टी जोगाउन हार गुहार गरेका हुन् । 
उनले निर्मला निवास र राप्रपा नेतृत्वप्रति कटाक्ष गरेका थिए । सिमित कार्यकर्ता बटुलेर थापाले राप्रपा मकवानपुरमा रहेकाहरुलाई पनि राप्रपा नेपालमा आउन अनुनय विनय गरेका छन् । उनले आफुले कुनै कमजोरी र नैतिकहित काम नगरेको बताउँदै आफुले उठाएको माग पुरा नगरेपछि पार्टी छोड्न बाध्य भएको बताए । मकवानपुरले हरेक अप्ठ्यारोमा आफुलाई साथ दिएको भन्दै अहिले पनि साथ दिन आग्रह गरेका थिए । कार्यकर्तालाई उनले राजासंगको भेटदेखि राप्रपा नेपाललाई आफुले पुर्नजागृत गरेको कथा सुनाएका थिए । ‘राजा महलमा परिवारसंग बस्ने, देशविदेश घुम्ने, अनि पानीको फोहरा खाएर हामी चै आन्दोलन गरिरहने’–उनले कार्यकर्तालाई भने–‘हरसम्भव प्रयास गर्दा पनि युवालाई राजसंस्थाप्रति आकर्षण गर्न सकिएन, अनि छोड्नुपर्यो ।’
कार्यक्रममा महामन्त्री राजाराम वर्तौलाले राप्रपालाई विचारको महासागर भएकाले कसैले रोक्न नसक्ने बताए । उनले सबैको साथ सहयोग, कृयाशिलता र मेहनतले पार्टीलाई प्रमुख शक्ति बनाउने संकलन रहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य बालकृष्ण कार्की, महिला नेतृ रन्जना वर्तौला, युवा नेता शुक्रराज प्रजा, भृगु कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । घोषणा सभामा राप्रपा मकवानपुरलाई राप्रपा नेपालमा समाहित गरेका अध्यक्ष गुरुप्रसाद सापकोटालाई राप्रपा नेपालका अध्यक्ष अर्जुन ढुंगानाले अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए । 
थापाको गृह जिल्ला मकवानपुरमा राप्रपाले अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडा–६ मा एक महिला सदस्य मात्रै जित्न सफल भएको थियो । अहिले झन मकवानपुरमा राप्रपा दुई टुक्रा भएपछि नतिजा राम्रो आउनेमा सबैले आश मारेका छन् । अघिल्लो संसदीय निर्वाचनमा नेपाली कांग्रेससंग तालमेल गरेर निर्वाचनमा होमिए पनि कमल थापालाई मतदाताले ‘रिजेक्ट’ गरेका थिए । उनी संसदीय निर्वाचनमा पराजित भएपछि मकवानपुरका जनतामाझ कमै पुगेका छन् । यसपटक उनी नेकपा एमालेसंगको तालमेलका लागि एमाले अध्यक्ष केपि ओली भेट्ने दौडधुपमा छन् । तर थापाको विगतको सत्ता केन्द्रित राजनीति र जनता र कार्यकर्तालाई वेवास्ता गर्ने प्रवृत्तिप्रति मकवानपुरका पुराना राजावादी र राप्रपाहरुमा देखिएको छ । 
राप्रपाको सबै जिल्ला कार्यसमिति राप्रपा नेपालमा समाहित भएको बताईए पनि राप्रपा मकवानपुरले अध्यक्षमा शिव थापालाई चयन गर्दै आफ्नो काम थालिसकेको छ । थापालाई काउन्टर दिन मकवानपुरमा चैत २७ गते राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आउने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार