Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा २ मा कांग्रेसको ज्येष्ठ नागरिकलाई सम्मान

11-1648773792.jpg

१८ चैत, हेटौंडा । नेपाली कांग्रेस श्रृष्टी टोल समिति हेटौंडा २ ले बिहीबार वडा भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ । वडामा रहेका ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
नेपाली कांग्रेसको घरघर जाउँ कांग्रेस जिताउँ अभियान अन्तरगत बिहिबार एक कार्यक्रमको आयोजना गरी वडाभित्र रहेका ४८ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको समितिकी अध्यक्ष कल्पना रिजालले जानकारी दिईन । 
अध्यक्ष रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहमहामन्त्री डीनाले ज्येष्ठ नागरिकहरुको मायाँ र आशिर्वाद सदैव आवश्यक रहेको बताइन् । समाजमा भएका गतिविधिहरुलाई यहाँसम्म ल्याईपु¥याउने काम ज्येष्ठ नागरिकहरुकै भएका कारण उहाँहरुलाई सदैव सम्मान गर्नुपर्ने उनले बताईन् । 
उनले स्थानीय तहको निर्वाचनको मिति नजिक आईसकेको बताउँदै कांग्रेस जिताउन सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा समेत जोड दिईन । कांग्रेसको नेतृत्वमा देशमा ठूलाठुला परिवर्तनहरु भएको बताउँदै उनले एमालले जस्तो भ्रमको खेती कांग्रेसले नगर्ने तर्क प्रस्तुत गरिन् । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुली, इश्वर पण्डित, २ नम्बर वडा सभापति भवसागर श्रेष्ठ लगायत कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 

12-1648773794.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार