Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल र भारतबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर

2222222222222222222-1648946784.jpg

२० चैत, हेटौंडा । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको वार्तापछि चारवटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान गर्ने सम्झौता भएको हो ।
यस्तै प्रधानमन्त्री देउवाले भारतसँग थप तीन वटा नयाँ हवाई रुट उपलब्ध गराउँन आग्रह गरेका छन् । नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवालेसडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल भएको र महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेको जानकारी दिए ।
यसैबीचभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताएका छन् । 
दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँ दिल्लीको हैदराबाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार