Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनकपुर जयनगर रेल सेवा आजबाट नियमित सञ्चालन हुने

nepali_rail_JswwpUDGrW-1648949602.jpg

२० चैत, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घटन गरेपछि धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रेल सेवा सुरू भएको छ । 
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग मिलेर संयुक्त रुपमा रेल सेवाको उद्घाटन गरेका हुन्  । 
नेपालमा रेल सेवा सञ्चालनका लागि दुई सेट रेल खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालनमा आएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाका अनुसार प्रधानमन्त्रीद्वयले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुडेको थियो ।
उद्घाटनको अवसरमा हिजो यात्रुले निःशुल्क रेल चढ्न पाएपनि आजदेखि भने कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि ९० रूपैयाँ र वातावरण अनुकूलित (एसि) सिट सुविधातर्फ ४५० रूपैयाँ तिर्नुपर्ने छ ।
जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट ७० रूपैयाँ र एसिमा ३७० कायम गरिएको छ । आजदेखि दैनिक आउने र जाने गरी रेल दुईपटक चल्नेछ । बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ ।
२०७७ असोज २ गते केपी शर्मा ओलीको पालमा भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा रेल खरिद गरिएको थियो । खरिद गरिएर लामो समयसम्म त्रिपाल ओढाएर राखिएको रेल सञ्चालनका लागी देउवा सरकारले रेल सञ्चालनका लागी प्रकृया पुरागरेपछि केहीदिन अघिमात्रै रेलको परिक्षण सञ्चालन गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार