Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास

RS_KTM_DRNARAYANKHADKA-10-1649037310.jpg

२१ चैत, हेटौंडा । परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा खड्काले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदानप्रदान भएको जानकारी दिए । 
उनले भ्रमणमा उच्च तहमा भ्रमणको आदानप्रदान गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने, ऊर्जा क्षेत्रमा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता दिने, सीमापार कनेक्टीभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य अगाडि बढाउने, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने साथै रासायनिक मल उपलब्ध गराउनेलगायत विषयमा छलफल भएको बताए ।
नेपालको विकासमा भारतको सदा साथ र सहयोग रहेको र प्रधानमन्त्री मोदीले दुई देशबीच विकास एवं आर्थिक सहकार्यसम्बन्धी नेपालका प्रस्तावहरूलाई भारतले सकारात्मक रूपमा अगाडि बढाउने बताएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिए । 
रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने सम्झौता, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको फ्रेमवर्क सम्झौता, एनओसी र आइओसीबीच पाँच वर्षका लागि इन्धन आपूर्ति गर्ने सम्झौता, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझेदारीको लागि सम्झौतामा हस्ताक्षर भएको उनले बताए ।
साथै जलविद्युत् क्षेत्रमा नेपाल–भारतबीच दीर्घकालिन सहकार्यलाई मजबूत गर्ने उद्देश्यका साथ ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल–भारत संयुक्त भिजन वक्तव्यमा सहमति भएको पनि परराष्ट्रमन्त्री खड्काले जानकारी दिए । 
यस्तै दुई देशका प्रधानमन्त्रीबीच सीमासम्बन्धी विषयमा विचार आदानप्रदान भएको जानकारी दिँदै परराष्ट्रमन्त्री डा खड्काले दुई देशबीच स्थापित संयन्त्रमार्फत सीमासम्बन्धी विषय संवाद र कूटनीतिमार्फत समाधान गर्न कुराकानी भएको उल्लेख गरे ।
यस्तै परराष्ट्रमन्त्री डा. खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा जानु भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरित विजेपी पार्टीको मुख्यालयमा पुगेको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभई पार्टी सभापतिको हैसियतमा प्रधानमन्त्रीले सो भ्रमण गरेको स्पष्टिकरण दिएका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार